लुम्बिनी

किरियापुत्रीलाई ल्याइयो सिमानाबाट घरमा



अर्घाखाँची, १२ वैशाख । भारतीय क्वारेन्टाइनमा बसेका  पाणिनी गाउँपालिकाका एक  किरियापुत्रीलाई घरमा ल्याइएको छ ।  पाणिनि–४ पटौटी, निगालीका धनीश्वर विक लकडाउनका कारण  २३ दिनदेखि भारतको नौतनवा क्वारेन्टाइनमा बस्दैआउनुभएको थियो ।  क्वारेन्टाइनको बसाइकैक्रममा घरमा बिरामी बुवाको यही वैशाख ८ गते निधन भएपछि उहाँलाई काजकर्मका लागि घरमा ल्याइएको हो ।  स्थानीयवासी उदयबहादुरका एक्ला छोरा धनीश्वर बुवाको निधनमा पनि किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले सङ्घीय सरकार र भारत उत्तर प्रदेश सरकारसंँग समन्वय गरी धनीश्वर र उनका छोरालाई लिएर आएको  गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो । 

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६