लुम्बिनी

वन अतिक्रमण गरेर बनाएका संरचना हटाइयो



कपिलवस्तु १२ वैशाख  । डिभिजन वन कार्यालय गौतमवुद्ध कपिलवस्तुले शिवराज नगरपालिका ५ चन्द्रौटा रहटकोल क्षेत्रमा बन अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएको छ । डिभिजन वन कार्यालयका प्रमुख दुर्गा बहादुर कार्कीको नेतृत्वको टोलीले वन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना शुक्रवार भत्काएको हो । पटक पटक स्थानियलाई जानकारी गराउँदा पनि अटेर गरेपछि बल प्रयोग गरेर संरचना हटाइएको डिभिजन वन प्रमुख कार्कीले बताउनुभयो । ‘रहटकोलमा निर्माण भएका ३ वटा कच्ची घर र ३ वटा पक्की घर भत्काइएको छ’ कार्कीले भन्नुभयो ‘अतिक्रमित २ हेक्टर जग्गालाई तारवार गरेर संरक्षण गरिन्छ,।’शुक्रवार बिहान करिव ८ बजे बनले गरेको एक्सनलाई स्थानियहरुले प्रतिरोध गरेको थिए ।

       स्थानियहरुले सुरक्षाकर्मी माथि ढुगांमडा प्रहार गरेका थिए । सुरक्षाकर्मी र स्थानियहरु विच झडप भएपछी वनका तीन जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । लामो समयदेखी जोतभोग गर्दै आएको भएपनि बनले एक्कासी गरेको यो कदम गलत भएको स्थानियहरुको भनाई छ । स्थानिय सन्तोष चौधरीका अनुसार लकडाउनले समस्या भइरहेको बेला बनले संरचना हटाएपछी स्थानियहरुलाई झनै समस्या निम्तिएको बताउनुभयो । सशस्त्र प्रहरी,नेपाल प्रहरी,बनका सुरक्षाकर्मीले उक्त क्षेत्रमा निर्माण भएका तीन वटा फुसका टहरमा आगो लगाइएको थिए भने तिन वटा पक्की घरहरु भत्काएका थिए । शिवराज नगरपालिकाको भवन निर्माण स्थल नजिकै रहेको बनको जग्गालाई भुमाफियाहरुले बेच्ने र संरचना बनाउन सहयोग गरेको सुचना पाएपछी डिभिजन बनले घरटहरा हटाउन सुचना जारी गरेको थियो ।दुई दिन अघि  डिभिजन बन कार्यालयमा बसेको सर्वदलिय बैठकले अतिक्रमण भएको जग्गालाई पुनः बनमा परिणत गर्न दलहरुले सुझाव दिएका थिए । पछिल्लो समयमा डिभिजन बन गौतवुद्ध क्षेत्र भित्र एक हजार हेक्टर क्षेत्रफल बन अतिक्रमित छ । शिवराज नगरपालिका ५ चन्द्रौटा,बनकास,बिजयनगरको त्रिपालननगर,नेवलीगञ्ज,जैवावैराठ लागएतका क्षेत्र उच्च अतिक्रमणको चपेटामा परेको छ ।

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६