प्रदेश

विश्वले चिन्दै गएको एक असाधारण बाल प्रतिभा: बुद्ध नगरीमा राहुलको चमत्कार,११ वर्षमा सात भाषामा पारङगत,प्रधानमन्त्री ओलीले वाँकी छाडेका काम गर्न प्रयासरत



कपिलवस्तु १३  वैशाख न त कुनै औपचारीक भाषा सिकाई कक्षामा सहभागिता न त कसैले उनलाई सयम दिएर भाषा सिकाएको अवस्था । तर एघार वर्षिय बालक राहुल साहनी यतिवेला सात भाषाका पारखी बन्नु भएको छ  । मातृभाषा अवधी रहेका उहा नेपाली, हिन्दी ,अंग्रेजी ,चाइनिज र म्यानमाली भाषाका राम्रो ब्याख्याता बन्नु भएको छ  ।  कपिलवस्तुको तिलौराकोटमा पर्यटकहरुसंग घुम्दै फिर्दै आफूले जानेका कुरा अरुलाई सुनाउदै पर्यटकका कुरा आफूले सुन्दै गर्दा उहा  ७ भाषाका पारखी बन्न  सफल हुनु भएको हो  ।

        लकडाउन पूर्व विदेशी पर्यटकलाई गाइड  गर्ने साहनी यतिबेला भने खेतिपातीकै काममा ब्यस्त हुनुहुन्छ ।  विहानको झिसमिसे उज्यालोमा सूर्यमुखी तथा तरकारी बारीमा गोडमेल गर्नमै ब्यस्त देखिने राहुलको दिनचार्य खेतमै बित्दै छ । हिजोको दिनहरुमा राहुलको नाम छरछिमेकले मात्र चिन्दथे तर यतिबेला विदेशी पर्यटकदेखि लिएर धेरै नेपालीहरु चिन्दछन् । स्कुलबाट फर्किए लगत्तै राजा शुद्धोधन दरबार परिसरमा पुग्ने साहानी अहिले भने घर तथा खेतमै सिमित भएर बस्नु परेको छ ।

         न त यो समयमा कुनै पर्यटक तिलौराकोटमा आएका छन् न त पहिला जस्तो राहुल तिलौरोकोटमा पुग्नु हुन्छ । बाह्य तथा आन्तरिक पर्यटकहरुलाई साझ बिहान  गाइड गर्दै नेपाली, भोजपुरी, हिन्दी  अंग्रेजी, चिनियां,म्यानमाली लगायत सात भाषामा तिलौराकोटको महत्व र बिशेषताका बारेमा प्रस्ट र खरर्र बुझाएर सबैलाई अचम्म पार्नुहुन्छ । हेर्दा सानो भएता पनि राहुल भित्र अद्भुत प्रतिभा भएको स्थानियवासीले बताएका छन् ।

        विद्यालयबाट फर्किए पछि पर्यटकहरु संगै घुम्ने राहुलले बिहान बेलुकि घरमा रहेका दुई स–साना भाईबहिनिलाई पढाउने र आफुले पनि बिभिन्न भाषाहरु सिक्ने गरेको  हातमा रहेको माटो टकटकाउदै राहुलले भन्नु भयो । सानो उमेर असाधारण क्षमतावाट सिंगो कपिलवस्तु तथा देशको आषावान वालकका रुपमा  देखा पर्नु भएका राहुल  तिलौराकोटको बिकास सोचे जस्ता नहुदा चिन्तित हुनु हुन्छ ।

       लुम्बिनी जत्तिकै ऐतिहासिक र धार्मिक महत्व हुँदाहुदै पनि प्रचारप्रसारका कारण तिलौराकोट ओझेलमा पर्दाको पिडा पनि उहाँमा छ । उता कृतिम रुपमा प्राचिन कपिलवस्तु भनेर सिमा क्षेत्र नजिकै अलिगढवाको पिपरालाई प्रचार गर्नु र भारतले नक्कली लुम्बिनी बनाएर बुद्धको अपमान गर्दा उहाँलाई मनभित्रै परिलो आउछ र सताउछ पनि । गौतम बुद्ध, कनकमुनी बुद्ध र क्रकुछन्द बुद्धको क्रीडास्थल सहित बुद्धसग सम्बन्धित सय बढी स्थलहरू रहे पनि कपिलवस्तु सरकारको मुख्य नजरमा नपर्दा ओझेलमा पर्दै गएका राहुलको ठहर छ ।

    आफनो ठाउको यति धेरै चिन्ता र चासो राख्ने राहुल भन्नु हुन्छ,“म पछि गएर धेरै पैसा कमाउछु अनि तिलौराकोटको बिकास गर्छु ” तिलौराकोटको बिकास नहुनु भनेको सिंगो कपिलवस्तु नहुनु  हो भन्दै गुनासो गर्नु हुन्छ । तपाईले तिलौराकोटको विकास सबैभन्दा वढी कसले गरयो अहिले सम्म भन्ने ठान्नु भएको छ भन्ने प्रश्नमा तिलौराकोटकालागि वढी चिन्ता लिने प्रधानमन्त्री केपि ओली हो भन्दै तर केपिले यहाँका लागि जे गर्न सक्नु हुन्न म ठूलो हुदै जाँदा ती काम गरेर देखाउछु उहाले भन्नु भयो ।

        तिलौराकोट क्षेत्रको  जग्गा अधिग्रहण गर्ने , मास्टर प्लान वनाउने ,उत्खननवाट यस क्षेत्रलाई विश्व रामसार सूचीमा राख्न प्रमाण पेश गर्ने जस्ता काम कृपि ओलीकै पालामा होलान उहाले भन्नु भयो । ती काम भएनन् भने राहुल सहानीले गर्छ ढुक्क हुनोस भन्दै छातीमा हात राखेर लामो सास लिनु भयो । के त्यसो भए तपाई प्रधान मन्त्री नै हुने होत भन्ने प्रश्नमा  तिलौराकोट वनाउन प्रधानमन्त्री होइन एउटा असल चिन्तक र कृयासिल अभियन्ता बने पुग्छ उहाले भन्नु भयो । तपाईलाई यतिधेरै तर्क गर्न कसरी आउछ भन्ने प्रश्नमा मेरो दिमागले यस्तै कुरा मात्र वाहिर ल्याउछ उहाले अलिकति मुस्कानका साथ भन्नु भयो ।

         आफनो नामको प्रसङ जोड्दै पहिला घरमा सबैले ‘दिनदयाल’भनेर बोलाउथे तर आमाले पछि राहुल भनेर बोलाउनु भयो बिस्तारै अहिले बल्ल आफनो नामको अर्थ बुझे” चिनिया,म्यानमाली, थाईल्याण्ड लगायत नेपालका बिभिन्न जिल्लका पर्यटकहरु  गाइड  गर्दै आउनु भएको राहुल पांच बर्षको उमेरबाट शुदोद्धन दरवार परिसरमा घुम्ने र त्यहा आएका पर्यटकहरुको पछि लागेर हिड्ने गर्नुहुन्थ्यो। कपिलवस्तुको सिद्धार्थ विद्या मन्दिरमा कक्षा ५ मा अध्ययनरत राहुल घरको जेठो छोरा भएका कारण आफु माथि परिवारको धेरै जिम्मेवारी भएको बताउनु हुन्छ ।

         ५ बर्षका भाई र ३ बर्ष कि बैनीलाई पनि धेरै पढाउनु छ देशकै गणना योग्य पर्यटक गाइड बन्ने सपना बुन्ने भएका सहानीले बाबुआमालाई खुसी राख्ने दृढ इच्छा रहेको वताउनु हुन्छ । यता लुम्बिनी विकास कोषको साइट अफिस  तिलौराकोट कपिलवस्तुका प्रमुख माधवप्रसाद आचार्यले सहानी अन्त्य वौद्धिक क्षमतावान, मिहिनेति तथा प्रतिभाशाली बालक भएको बताउनु भयो ।सहानीको काम अति प्रशांसायोग्य र गर्व गर्ने खालको भएको आचार्यले बताउनु भयो ।

            उत्खनन् देखि लिएर तिलौराकोटको ऐतिहासिक महत्वका बिषयमा जानकारी दिनु कुनै सानो बिषय नभएको  लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवाली बताउनु हुन्छ । पढाइप्रतिको उत्साह र लगनशीलता देखेर कोषले एक बर्षका लागि सम्पुर्ण पढाई खर्चको ब्यवस्था गरेको जानकारी उहाले दिनु भयो । धेरैका निम्ति प्रेरणाका पात्र रहनु भएका राहुलमा अधिक क्षमता भएकोले भविष्यमा उच्च शिक्षा हासिल गर्दै  विश्वका पर्यटकलाई गाइड गर्ने शैलीलाई थप प्रभावकारी तुल्याउन उहामाथि राज्यले लगानी वढाउनु पर्छ । 

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६