लुम्बिनी

दाङमा बन्दाबन्दीमा रोकिएको सडकका योजना शुरु



तुल्सीपुर, १४ बैशाख । सडक डिभिजन कार्यालय दाङअन्तर्गत चार योजना निर्माणको काम शुरु भएका छन् ।  लकडाउनका समयमा रोकिएका सडकका योजनामध्ये अहिलेती योजनाका काम शुुरु भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारी जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–शिवखोला सडक मर्मतको काम शुरु भएको छ । त्यस्तै घोराही–लमही सडक खण्डको सिस्ने खोला पुल, घोराही–धारापानी सडकअन्तर्गत बबई नदीमा पुल र घोराही उपमहानगरपालिका वडा नं १७ ढिकपुरको बबई नदीमा पर्ने पुल निर्माणको काम शुरु भएको उहाँले बताउनुभयो । 

         अहिले बजार बन्द हुँदा निर्माणका लागि आवश्यक सामग्री नपाउनु, मजदूरको सहज उपलब्धता नहुनुजस्ता कारणले काम प्रभावकारी रुपमा अघि बढ्न सक्ने अवस्था भने नभएको उहाँको भनाइ छ । यस्तै  तुलसीपुर उपमहानगरपालिकाले पनि विकास निर्माणका काम अघि बढाउन थालेको छ । त्यसका लागि वडाका सबै कर्मचारीलाई अनिवार्य कार्यालय आउन निर्देशन दिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले बताउनुभयो । साथै पूर्वाधार निर्माणका कार्य अघि बढाउनका लागि सबै उपभोक्ता समितिका अध्यक्षलाई जानकारी गराइएको छ ।  सामाजिक दूरी कायम राखी विकास निर्माणका काम अघि बढाउन थालिएको हो । (रासस)

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६