लुम्बिनी

मनकारी तरुण दल र नेविसंघ कपिलवस्तु विपन्नको सहारा बन्दै



कपिलवस्तु, १४ बैशाख । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र  नेविसंघ छेत्र नं. १ कपिलवस्तु लक डाउनकामा मजदुरी गरेर खाने अति बिपन्न परिवारको घरघरमा पुगेर विपन्नको सहारा बनेको छ । तरुण दल र नेविसंघले शनिबार बाणगङ्गा –३ गंगौली र राजापानीका र बाणगङ्गा–४ मा भाडामा बस्ने बिधार्थी र परिवारलाई नगरपालिकले दिन छुटेका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री दाल,चामल, नुन,तेल र  झुल लगायतका सामाग्री बितरण गरेको छ ।

         नगरपालिकाले राहत बितरण गरिसक्दा समेत छुटेका विपन्नको गुनासो र  थाहा पाउना साथ आफ्नो ज्यानको जोखिम मोलेर भएपनी अती आवस्यक खाद्यान्न सामाग्री बितरण गरेको नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो । येस्तो बेला कुनै पार्टी नहेरि अहिले राजनीति भन्दा माथी उठेर हामिले काम गरेका छौ यो बेला को के हेर्ने बेला हैन सबै ती बिपन्न परिवारको घरमा चुल्हो बल्नुपर्छ भन्दै लागिपरेका छौ तरुण दलका सभापति शक्ति सिंह ठकुरि बताउनु हुन्छ। हामिहरु सधै जनताकै सेवामा छौ हामी आफू मात्र हैन अरुलाई पनि येस्तो बेला बाच्न पाउने अधिकार बाट बन्चित गर्नु हुदैन भनेर आफ्नो तर्फबाट सक्दो किसिमले सहयोग गर्दै हिँडेको विद्यार्थी नेता  दिनेश छेत्री बताउनु हुन्छ ।

            कार्यक्रममा अति बिपन्न परिवारको नाम संकलन गरि त्यस्ता परिवारलाई खाद्यान्न सहयोग गरिएकोमा नेका वडा नं. ३ का सभापति खिमानन्द पान्डेले धन्यवाद ब्यक्त गर्नुभयो । पाण्डेले राजनीति आफ्नो ठाउमा हुने बताउदै यो बेला राजनीति भन्दा माथी उठेर काम गरिएको प्रति धन्यवाद ज्ञापनसमेत गर्नुभएको थियो। कार्यक्रममा तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,इकाई सभापति दिनेश छेत्री नेका बाणगङ्गा वडा नं ३ का सभापति खिमानन्द पान्डे नेका वडा नं ३ का नेता राजन पान्डे तरुण दलका पवन थापा नेविसंघ का मीन थापा लगायतको उपस्थितिमा सामाग्री सहयोग गरिएको थियो। उक्त कार्यक्रममा राजन पाण्डे र पवन थापाको बिशेष सहयोग रहेकोमा नेविसंघ र तरुण दलले धन्यवाद ब्यक्त गरेको छ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६