लुम्बिनी

कुटिइन महिला वडाध्यक्ष नै संलग्न



लुम्बिनी, १५ बैशाख ।  रुपन्देहीमा एक महिलालाई आफन्तबाट नै कूटपिट भएको छ । जिल्लाको गैडहवा गाँउपालिका वडा नं। २ बिचौवापुर बस्ने रुपा सुनारलाई बिभिन्न लाञ्छना लगाई सासू र जेठानी द्वारा कूटपिट गरिएको हो । श्रीमान बिराज सुनार एक बर्ष देखि बैदेशिक रोजगारको सिलशिलामा मलेशियामा छन् । उनलाई सासूआमा अमारी नेपाली र जेठानी लक्ष्मीनेपाली लगायतले सामूहिक रुपमा निर्घात कूटपीट गरेको पीडितको भनाई छ । कुटिएकी महिलाले सासू आमाको आफन्ती पर्ने गैडहवा गाँउपालिका २ का वडा अध्यक्ष तुलबहादुर पुन कै ठाडो निर्देशनमा आफू माथि कूटपीट भएको आरोप लगाएकी छिन् । 

            घटना सम्बन्धमा वडा अध्यक्षसँग जानकारी लिनखोज्दा उनले सासू बुहारी बीच झगडा हुन लाग्दा आफू त्यहाँ पुगेर समझाई बुझाई मात्र गरेको बताए । आफु माथि लागेको आरोप बिपक्षीहरुले षडयन्त्र गरि फसाउन लागेको उनले बताए । कूटपीट सम्बन्धमा  छलफलका लागि दुबै पक्षलाई बोलाइएको पोहवा प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६