लुम्बिनी

लकडाउनमा कपिलवस्तुमा जबर्जस्ती करणीका सात घटनामा उजुरी, आफन्तबाटै जोखिममा महिला



कपिलवस्तु, १७ बैशाख । शारीरिक, मानसिक तथा यौनजन्य हिंसाका कारण महिलाहरु प्रभावित हुने गरे पनि  कपिलवस्तु जिल्लामा लकडाउनका समयमा महिला हिंसा बढेको छ ।  जिल्लामा  जबर्जस्ती करणीका  ७ वटा घटनामा उजूरी परेको प्रहरीले जनाएको छ । घटनाका पीडितमा १० किशोरी र एक महिला  छन् । कोरोना भाइरस (कोभिड) १९ संक्रमण नियन्त्रणका लागि १ महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

            किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएका हुन् ।  घटना आफन्त र छरछिमेकबाट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनु भयो । जबर्जस्ती करणीका सात मुद्दा दर्ता भई अदालतबाट म्याद थपिएको प्रनाउ मल्लले जानकारी दिनुभयो । जिल्लामा चालु आर्थिक वर्षको अहिलेसम्म जबर्जस्ती करणीका २६ मुद्दा दर्ता भएका थिए । बढ्दो लकडाउनसँगै महिला हिंसा बढ्न सक्ने हुनाले किशोरी र महिलाहरु बढी सचेत रहन अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।  

            लकडाउनको अवधिमा महिला तथा बालबालिकाविरुद्ध हुन सक्ने अपराधविरुद्ध विशेष सावधानी अपनाइएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा उजुरी गर्न प्रहरी कार्यालयसम्म पुग्न कठिन हुने भएकाले डिजिटल माध्यमबाट उजुरी गर्न प्रहरीले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई आह्वान गरेको छ । प्रहरीको सूचनामा भनिएको छ, ‘कोभिड– १९ ले निम्त्याएको विषम परिस्थितिमा महिला, बालबालिका, ज्येष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थामा जोकोहीविरुद्ध हुन सक्ने घरेलु, यौनहिंसा वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी तत्पर रहेको छ । कृपया हिंसा सहेर वा हेरेर नबसौँ, वेलैमा उजुरी गरौँ ।’सूचनामा उल्लेख छ । विश्वमा धेरै देशमा अहिले लकडाउनको अवस्थामा महिला हिंसा बढ्नुका साथै उजुरी पनि बढ्दो क्रममा रहेको छ ।

        विश्वमा रहेका ७५० मिलियन महिलाहरुको विवाह १८ औँ जन्मदिन भन्दा अघि नै भएको छ । तथ्यांक अनुसार हत्या भएका हरेक दुई मध्ये एक महिलाको हत्यामा उनीहरुका श्रीमान वा नजिकका साथीको संलग्नता रहेको छ । यस्तै मानव बेचविखनका पीडितमा विश्वव्यापी रुपमा ७१ प्रतिशत महिला रहेका छन् । यसरी बेचिएका चारमा तीन महिला तथा किशोरी–बालिकाहरुमाथि यौन उत्पीडन हुने गरेका छन् ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६