लुम्बिनी

लायन्स क्लब अफ कपिलवस्तुको अध्यक्षमा घिमिरे



कपिलवस्तु, १७ बैशाख । लायन्स क्लब अफ कपिलवस्तु बाणगंगा स्थित लायन्स  क्लब अफ अफ कपिलवस्तुको अध्यक्षमा शैक्षिक एवम् सामाजिक अभियन्ता सुरेन्द्र घिमिरे चयन हुनुभएको छ । क्लबको तेस्रो भचुर्अल साधारणसभाले लायन बर्ष २०२०\२१ को लागि लायन घिमिरेलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो । सो अधिवेशनले क्लबको संस्थापक अध्यक्ष लायन कृष्ण के.सी., प्रथम उपाध्यक्षमा लायन धातानन्द भुसाल, द्वितीय उपाध्यक्षमा लायन केशव सापकोटा, तृतीय उपाध्यक्षमा लायन राम पौडेल क्षेत्री, सचिवमा लायन रामसुभागे थारु चयन हुनुभएको छ । 

            त्यस्तै समितिको कोषाध्यक्षमा लायन सागर घिमिरे, सह–सचिव ओम प्रकाश घिमिरे, सह कोषाध्यक्ष झविलाल भट्टराईलाई चयन गरिएको छ । त्यस्तै मेम्बरसिप चेयर पर्सनमा नारायण पौडेल, एडमिनिष्टे«टिभ अफिसर सुमन क्षेत्री, पि.आर.ओ. नवदत्त घिमिरे रहनु भएको छ । अन्य पदहरुमा पछि मनोनयन गरिने  अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । अध्यक्षको पदभार ग्रहण भने ३ महिना पछि हुनेछ । अध्यक्ष पदभार ग्रहणपछि निर्वाचित कार्यसमितिले योजना बनाई सदस्य तथा समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गरिने निर्वाचित अध्यक्ष घिमिरेले बताउनुभयो । सम्पन्न भर्चुअल साधारणसभा लायन अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

        आफु भन्दा कुनै पनि कुरामा कम अवसर प्राप्त व्यक्ति समुदायलाई सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ कपिलवस्तुको स्थापना गरिएको क्लबका संस्थापक अध्यक्ष कृष्ण के.सी.ले बताउनुभयो । के.सी.ले मानब जातीका लागि बिभिन्न तवरबाट मानबिय सहयोग गर्ने उद्धेश्यले यस क्लबको स्थापना भएको बताउनुभयो । लायन्स क्लबले नेपालमा बिषेश गरि आँखा, रुवेला तथा स्वास्थ्यको क्षेत्रमा कार्य गर्दै आएको र यसलाई अझै बढि प्रभावकारी ढंगले काम गर्दै आईरहेको छ । मानबीय सेवामा कार्य गर्दै आएको विश्वको २०० भन्दा बढि राष्ट्रहरुमा रहेकोे सामाजिक संस्था लायन्सले विश्वभर आफ्नो छुट्टै पहिचान बनाएको छ ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६