लुम्बिनी

किन भयो प्रदेश ५ मा देशभरमै कम आरडिटी परिक्षण



बुटवल, १८ वैशाख । अन्य प्रदेशको तुलनामा प्रदेश ५ मा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटको परिक्षण सवैभन्दा कम भएको पाईएको छ । प्रदेश ५ मा अहिलेसम्म ५५ हजार बढी मानिसमा आरडिटी परिक्षण गरिएको छ भने अझै करिव एक लाख आरडिटी परिक्षण गर्नुपर्ने प्रदेश सरकारले जनाएको छ । 

अन्य प्रदेशहरुले भने आरडिटी परिक्षणको संख्या एक लाख बढी पु¥याईसकेका छन । प्रदेश ५ का लागि अझै ६५ हजार आरडीटी टेस्ट किट आवश्यक रहेको तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाईसकेको छ । पहिलो चरणमा १० हजार किट माग गरिएकोमा ५ हजार मात्र आएको र दोस्रो चरणमा थप ७ हजार किट आएकोमा सबै वितरण भइसकेको छ ।

        त्यसैगरी रुपन्देहीका स्थानीय तहमा आरडीटी किटको अभावले क्वारेन्टाइनमा बसेकाहरुको परिक्षण प्रभावित भएको छ । सरकारले १ चैत यता आएका सबैलाई आरडीटी टेस्ट गर्न स्थानीय तहलाई दिएको छ । तर, स्थानीय तहले भने क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखेकाले किट अभावका कारण आरडीटी गर्न पाएका छैनन् ।

        रुपन्देहीको गैडहवा गाउँपालिकामा पहिलो चरणमा आएका २० किटले हालसम्म क्वारेन्टाइनमा रहेका १२ जनाको परिक्षण गरिएको छ । एउटा बिग्रिएपछि अहिले ७ वटा मात्र किट बाँकी छ । तर, क्वारेन्टाइनमा अझै ११ र होम क्वारेन्टाइनमा १ सय ४ जना रहेका छन् । त्यी सबैलाई आरडीटी गर्नुपर्नेमा किटको अभाव भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु उपाध्यायले बताउनु भयो । गाउँपालिकामा अझै दुईसय किट आवश्यक पर्ने उहाँको भनाई छ भने किट नहुँदा परिक्षणसमेत प्रभावित भएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताउनु भयो ।

        त्यस्तै, सियारी, सैनामैना, कञ्चन, शुद्धोधन, रोहिणी, सम्मरीमाई लगायतका गाउँपालिकामा आरडिटी परिक्षणका लागि किटको अभाव रहेको ती पालिकाहरुले जनाएका छन । कञ्चन गाउँपालिकामा होम क्वारेन्टाइनमा १ सय ३५ जना छन् । १६ वटा किट आएको मध्ये ४ वटा मात्र बाँकी छ । होम क्वारेन्टाइनमा बसेका सबैलाई आरडीटी टेस्टका लागि किट अभाव छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले भारत र दुबईबाट आएकालाई होम क्वारेन्टाइनमा राखिएको र उनीहरुको परिक्षणका लागि किट नभएको बताउनु भयो । 

            त्यसबाहेक बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकामा पनि प्रयाप्त किट नभएको बताइएको छ । प्रदेश–५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आरडीटी किटको अभाव भएको भन्दै त्यसको अभाव छिटै पूरा गर्ने जनाएको छ । 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६