लुम्बिनी

कांग्रेस नेतृ शेरचनद्वारा छिमेकी मजदुरलाई राहत वितरण



बुटवल, १८ वैशाख । रुपन्देहीको तिलोत्तमा वडा नं. ३ ड्राइभरटोल निवासी नेपाली काँग्रेसकी नेतृ मनोरमा शेरचनले दोस्रो चरणको राहात बितरण गरेकी छन् । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा पूर्व रुपन्देही जिल्ला उपसभापति शेरचनले आफ्नो छिमेकमा रहेका मजदुरहरुका ५१ घरपरिवारलाई सोमबार र मंगलबार दाल, चामल, नुन तेल लगाएका खाद्यान्न बितरण गरेकी हुन् । 

            कोरोना संक्रमणको त्रासले देशमा लकडाउन भएपछि मजदुरहरुलाई मर्का परेको भन्दै उनले यसअघि पनि ४० हजार बराबरको खाद्यान्य बितरण गरेको छिमेकी तिलक महतले बताए । दोस्रो चरणमा ३५ हजार रुपैयाँको राहत बितरण गरेको शेरचनले उल्लेख गरिन् । नेतृ शेरचनले मंगलबार शंकरनगरस्थित गैसालाका गाईलाई ४० हजार रुपैयाँको दाना खरिद गरिदिएको गौशालका व्यवस्थापक श्याम अधिकारीले बताए । गौशालामा हाल दुई सय गाई छन् । लकडाउनको बेला गाईलाई दाना जुटाउन समस्या परेको भन्दै अधिकारीले शेरचनले संकटमा सहगोग गरेकोमा प्रशंसा गरे ।

            यसैबीच नेतृ शेरचनले गौशाला नजिकै रहेकोे शिव मन्दिरमा दुई लाखको लगानीमा ट्रष्ट निर्माण गरिदिएकी छन् । शेरचनको आर्थिक सहगोगमा मन्दिरको दोस्रो तलामा हालै ट्रष्ट निर्माण गरिएको अधिकारीले जानकारी दिए ।  उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले मजदूरहरुलाई करिव एक महिनासम्म पुग्ने खाद्यान्न सामग्री वितरण सुरु गरेको छ । नगर कार्यपालिकाले कार्यविधि नै बनाएर हरेक वडामा राहत सामग्री वितरण सुरु गरेको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो ।

            करिव एक महिनासम्म पुग्नेगरी परिवार संख्याको आधारमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा मजदूर, श्रमजीवि वर्ग र बिहान बेलुका खानाको समस्या परेकाहरुलाई खाद्यान्न सहयोग प्रदान गर्न लागिएको उहाँले बताउनुभयो ।   नगरप्रमुख अधिकारीका अनुसार नगरभित्र बसोबास गर्ने दुईहजार ८०९ जना मजदूर, दुईहजार २४ जना भाडामा बस्ने कमजोर आर्थिक अवस्था भएका नागरिक र एकसय जना भारतीय नागरिक गरी जम्मा चारहजार ९३३ जनालाई एक महिनासम्म पुग्नेगरी खाद्य सामग्री राहतस्वरुप प्रदान गर्न थालिएको हो । नगरले यसअघि एकहजार ८७२ जनालाई पहिलो चरणको राहत सहयोग उपलव्ध गराएको थियो । 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६