लुम्बिनी

झुल पाएपछि ज्येष्ठ, असहाय र विपन्नमा खुसीयाली



कपिलवस्तु, बैशाख १८ । वाणगंगा नगरपालिका ३ का सिउटी र कर्माहनाका ४० गरिव असहाय तथा विपन्नलाई झुल वितरण गरिएको  छ ।  कांग्रेस वाणगंगा नगरपालिका वडा नंं ३ वडा समिति कपिलवस्तुले बुधबार झुल वितरण गरेको हो । गर्मी र वर्षा याममा लामखुट्टेको टोकाइबाट आजित हुने थियौ झुल पायौं अब रातीमा आनन्दले सुत्ने भयौ वृदवृद्धा विपन्न र असहायले एकै स्वरमा खुसी हुँदै भने ।  विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको जोखिम संगै लामखुट्टेको टोकाईबाट डेंगु जस्ता रोगबाट बचाउने उद्देश्यले  झुल वितरण गरिएको हो  वडा सभापति खिमानन्द पाण्डेले जानकारी दिनुभयो ।

            पाण्डेले गर्मीयाममा लामखुट्टै टोकाईबाट सर्ने रोगहरुबाट बचाउन गरिव ज्येष्ठ तथा एकल परिवारलाई सम्मान स्वरुप एक कार्यक्रमको आयोजना गरि झुल  हस्तान्तरण गरिएको बताउनुभयो । नेपाली कांग्रेस वाणगंगा ३ का वडा सभापति खिमानन्द पाण्डे र नेता राजन पाण्डेको विशेष सहयोगमा  उक्त सामग्री कांग्रेसको वडा समिति मार्फत वितरण गरिएको हो ।

        वडा सभापति खिमानन्द पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी विशिष्ट अतिथी नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल त्यसैगरी वडाका सहसंयोजक भिखु थारु तरुण दलका प्रेम थापा नेपाली कांग्रेसका वडा न. ३ का नेता राजन पाण्डे  पोषराज पोख्रेल सरस्वती पोख्रेल तुलसा बन्जाडे माया खनाल माया परियार सुनिल शुक्ला कृष्ण बन्जाडे राजापानी सामुदायिक बनका कोषाध्यक्ष कृष्ण पौडेल लगायतका सहभागिता रहेको थियो ।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६