लुम्बिनी

रुपन्देहीमा उच्च सर्तकताः ८९ अस्थायी चेकपोष्ट १ हजार सशस्त्र प्रहरी परिचालन



रुपन्देही, १८ बैशाख । रुपन्देही जिल्ला प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च अपनाएको जनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालबाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट प्रवेशमा प्रसाशनले दाबी गरेको छ । बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दूरीमा ८९ वटा अस्थायी चेकपोष्टमा एक हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ । एउटा पोष्टबाट अर्को पोष्टसम्म मानिस आउजाउ गरेको देख्न सकिने गरी पोष्ट खडा गरी चौबीसै घण्टा ड्युटी गर्ने गरी प्रहरी तैनाथ गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताउनुभयो ।

            एउटा पोष्टमा ५ जनादेखि ८ जनाले दैनिक १२ देखि १६ घण्टा ड्युटी गरेर भारततर्फबाट कसैलाई प्रवेश गर्न नदिएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । दैनिक  करिब २ दर्जन सम्म सीमा क्षेत्रबाट नेपाल आउन खोज्ने व्यक्तिलाई सम्झाएर भारतीय प्रहरीको जिम्मा लगाउने गरिएको पोखरेल बताउनुभयो । लकडाउनका कारण रोकिएका एकसय ५४ जना भारतीयलाई २४ दिन नेपालको क्वारेन्टाइनमा राखेपछि भारत पठाइएको र दुई सय १३ जना नेपालीलाई पनि सीमापारिबाट नेपाल ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

            प्रशासनले खुला सीमाबाट कसैलाई प्रवेश गर्न नदिएको बताए पनि बेलहिया भन्सार नाकाबाट खाद्यान्न र तरकारी आयात गर्ने ट्रक चालक र सहचालकका कारण कोरोना संक्रमणको जोखिम कायमै रहेको नागरिक अगुवाहरु बताउँछन् । बेलहियाबाट दैनिक करिब डेढ सय मालबाहक ट्रक नेपाल प्रवेश गरिरहेका छन् ।  ट्रक चालक र सहचालकलाई नाकामा ज्वरो जाँच गरेर र भैरहवा भन्सार  कार्यालयमा भारतबाट आउने ट्रकलाई सेनिटाइजेसन गरिए पनि भरपर्दो र ढुक्क हुने अवस्था भने छैन । 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६