लुम्बिनी

लकडाउनको मौकामा उपभोक्ता लुट



अर्घाखाँची  २१ बैशाख। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न सरकार ,विभिन्न सघं संस्थाले विभिन्न प्रयास गरिरहेका छन् । गत चैत्र ११ गतेबाट लकडाउन जारी भयो , लकडाउनका कारण उपभोक्ता र व्यापारी ,किसान मर्कामा परे । यहि मौकामा अर्घाखाँची  फलफुल तथा तरकारी व्यवसायी समितीले ठुलो रकम अनमियतता गरेको पाईएको छ  । समितीका तर्फबाट तरकारी खरिद गर्न गएका व्यवसायीहरुको मिलोमतोमा तरकारीमा प्रति के जि  १० देखि १३ रुपैयासम्म नाफा लिएको पाईएको छ ।

जिल्लाकै जीवन फलफुल डिपोले अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीको भन्दा लगभग आधा मुल्य सस्तोमा तरकारी भित्राएको छ ।  पछिल्लो पटक सन्धिखर्कको जीवन फलफुल डिपोले लोड गर्दा सबै खर्च सहित ८८४ केजी टमाटर १७ रुपैयामा लिएको छ भने अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समिती समितीको बिलमा २५ रुपैया छ । समितीले टमाटर खरिदमा ११ रुपैया प्रति केजी लागत लागेको  नाम नबताउने सर्तमा एक जना व्यापारीले जानकारी दिएका छन् ।

 समितीले कपिलवस्तुको बुद्दभुमीबाट तरकारी खरिद गरेको हो । अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले २ लाख ७२ हजार ५ सयको तरकारी  वैशाख १८ गते विहीवार भित्राएको थियो ।  समितीले  ८ हजार केजी टमाटर २५ रुपैयामा, भिन्डी २० केजी ६५ रुपैयामा, मुली २९० केजी २० रुपैयामा, गाजर १६० केजी ३३ रुपैयामा, काँक्रो ३३० केजी ४० रुपैयामा, बोडी ३१० केजी ६० रुपैयामा, करेला १८५ केजी ६० रुपैयामा, लौका १२० केजी ३० रुपैयामा, फर्सी ११० केजी ३० रुपैयाका दरले खरिद गरिएको थियो  । अझ लाज नमानी अर्घाखाँची चेम्बर अफ कमर्स भन्ने समुहले अर्घाखाँची जिल्लामा कालोवजारी भएको भनेर केही व्यक्तिले भ्रम फैलाएको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको थियो ।

समाचार अर्घाखाची डट कम बाट साभार गरिएके हो 

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६