ब्रेकिंग न्युज

अर्घाखाँचीमा जंगली च्याउ खाँदा बिरामी भएका चार मध्ये एकको मृत्यु



अर्घाखाँची २१ बैशाख ।  जंगली च्याउ खाएपछि बिरामी भएका एकै परिवारका चार जनामध्ये एक जनाको उपचारको क्रममा निधन भएको छ । अर्घाखाँची भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३० वर्षीया रामकला महत्राको उपचार गर्दागर्दै लुम्बिनी सिटी अस्पताल बुटवलमा शनिबार राति निधन भएको हो ।गम्भीर बिरामी उनकी ७ वर्षीया छोरी बिपा महत्रा, सासुआमा ५९ वर्षीया लालसरी महत्रा र २८ वर्षीया देउरानी लक्ष्मी महत्राको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको अर्घाखाँची प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि उनीहरुलाई शनिबार सन्धिखर्क अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल रिफर भएका थिए । रामकलाका ससुरा डोमबहादुरले च्याउ नखाएको पाइएको छ ।

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६