लुम्बिनी

कञ्चनमा अटेर गरी सवारी साधन चलाए जफत हुने



कंचन, २१ बैशाख । रुपन्देहीको कन्चन गाउँपालिकाले लकडाउन उल्लघन गरी सवारी साधन चलाए जफत गर्ने जनाएको छ ।  विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले आह्वान गरेको बन्दाबन्दीको समयमा यस कञ्चन गाउँपालिका भित्र गाडी तथा मोटरसाईकल संचालन पुर्ण रुपमा रोक लगाउन लगाउन यस्तो निर्णय गरेको गाउँपालिका द्वारा जारी सूचनामा उल्लेख छ । साथै गाउँपालिकाले अत्यावसश्यक कामका लागि भने सवारी पास लिएर हिँडन पालिका वासीलाई अनुरोध गरेको छ ।

            लकडाउनको समयमा पनि कञ्चन गाउपालिकाले अत्यावस्यक नभएको कामहरु घर अगाडीको नाली पुर्न,आगन सम्याउन,खेत सम्याउन जस्ता कामहरुमा समेत सवारी साधन संचालनको अनुमती दिएको जसले गर्दा अन्य सवारीका साधनहरु समेत निर्वाद रुपमा संचालन हुदै आएको छ। कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ नेपाल सरकारले घोषण गरेको लकडाउन पुर्ण रुपले पालना गर्नु पर्ने र अत्यावस्य कामको लागि यस कार्यलय भित्र सवारी साधन लिइ हिडुनु परेमाअनिवार्य रुपमासवारी पास लिई हिड्नु हुन र सवारी पास नलिइ हिडेका सवारी साधन सुरक्षा निकायबाट जफत हुने उल्लेख छ ।

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६