लुम्बिनी

बलात्कारका आरोपित पक्राउ



दाङ, २१ वैशाख । एक किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी  छन् । शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी  दिनुभयो । 

तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएका अवस्थामा ती किशोरीलाई उनले जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।  प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ को  करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको जनाएको छ । 

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६