लुम्बिनी

सैनामैनामा उच्च सतकर्तता



खस्यौली, २१ वैशाख (रासस)ः रुपन्देहीमा एक कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि सैनामैना नगरपालिकाले सीमा क्षेत्रको दक्षिण भेगमा उच्च सतकर्तता अपनाउने भएको छ । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ । 

मुर्गिया– लुम्बिनी र  कलौनी– लुम्बिनी सडकबाट मधेश क्षेत्र र भारततर्फबाट आउने व्यक्तिको आवातजावत बढी भएकाले सो निर्णय भएको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो ।  उहाँले बन्दाबन्दीको उल्लंघन  हुन नदिन वडाध्यक्षको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरीसहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको तथा नगरपालिकाका प्रत्येक टोलमा वडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समिति समेत निर्माण भएको बताउनुभयो ।  बैठकले नगरपालिकाका सामुदायिक वनमा अनाधिकृत प्रवेशमा समेत रोक लगाउँदै दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्न  बिहान ८ देखि ३ बजेसम्म पसल खुला राख्ने निर्णय गरेको छ । (रासस) 

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६