लुम्बिनी

नेपालगञ्जमा परीक्षण किटको अभाव संक्रमित क्षेत्र शिलबन्दी हुने



नेपालगञ्ज, २२ बैशाख ।  नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाकाले  संक्रमित संख्या बढ्दै गए पनि परीक्षण किटको अभाव भएको बताउनु भएको हो । उहाँले ‘हामीले प्रदेश र केन्द्र सरकारलाई मगाएका छौं, सुनेको छु आजसम्म किट आइपुग्छ ।’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पनि किट अभाव भएको जानकारी दिनुभयो । यसअघि सरकारले पठाएको ५ सय हाराहारी किट सकिएको र बाँकीको परीक्षण गर्न अभाव भएको हो ।

        वैशाख १९ मा पहिलो संक्रमण देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा सम्भावित ९० जना संक्रमितको परीक्षणका क्रममा आइतबार राति ८ बजेसम्म १५ जनामा संक्रमण देखिएको थियो । कोरोना संक्रमितको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ८ र ५ का १५ जना र वैशाख १९ मा संक्रमित एक जनाको अहिले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचार भइरहेको छ ।

        ९० जना सम्भावित संक्रमितमध्ये ६० जनाको मात्र परीक्षण भएको र बाँकीको परीक्षण हुनेक्रममा रहेकाले संक्रमित बढ्न सक्ने सम्भावना रहेको छ । संक्रमण फैलदै गएपछि यसअघि वैशाख १९ गतेदेखि नै वडा नम्बर ८ र ५ शिलबन्दी गरी सकिएको र अन्य वडामा पनि शिलबन्दीको तयारी जिल्ला प्रशासन कार्यालयले जनाएको छ । थप संक्रमण नफैलियोस् भनेर अन्य वडा र सीमावर्ती क्षेत्रमा पनि कडिकडाउ गर्न थालिएको छ ।  कोरोना भाइरसको संक्रमण देखिएको बाँकेको नेपालगञ्जमा परीक्षण किटको अभाव भएको छ ।

        यसैबीच  कोरोना संक्रमितको केन्द्र बनेको नेपालगञ्जमा आवश्यक किट र विशेषज्ञको टोली आजै पुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६