प्रदेश

भर्ना, पठन पाठन नगर्न र अनलाइन कक्षाको शुल्क नउठाउन शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौं, २२ बैशाख । शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयलाई भर्ना तथा पाठन स्थगित रहेकोले अर्को सूचना नआउँदासम्म कुनै पनि कक्षा र तहमा भर्ना नगर्न र अनलाइनको नाममा पठन पाठन शुल्क नलिन निर्देशन दिएको छ ।  अनलाइन कक्षाको नाममा शुल्क उठाउने जस्ता बिकृती देखिएकाले मन्त्री स्तरीय निर्णयबाट यस्तो निर्देशन दिइएको बताइएको छ ।

        शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गरी यस्तो निर्देशन गरेको हो । शिक्षा मन्त्रालयले निकाले सूचनामा तीन बुँदा उल्लेख गरिएको छ । तीन बुँदा मध्ये दुई बुँदा अहिलेको शिक्षा क्षेत्रमा देखिएको अन्यौललाई स्पष्ट गर्नका लागि गरिएको छ भने अर्को निर्णय विगतमा मन्त्रालयले गरेको निर्देशक कार्यान्वयमा केन्द्रित छ ।

        शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले अहिले देखिएको अन्यौलतालाई मध्यनजर गरि मन्त्रालयले सूचना प्रकाशित गरिएको बतउनुभयो । उहाँले  अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंकको खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्न र नगराउन निर्देशन दिइएको बताउभयो । 

            प्रवक्ता शर्माका अनुसार मन्त्रालयले कक्षा १०, ११ र १२ को परीक्षाको बिषयमा मन्त्रालयले छलफल गरेको तर निर्णय गरिनसकेको बताउनुभयो ।  संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिन भनेको प्रवक्ता शर्माले बताउनुभयो । केही दिन अघि विभिन्न संचार माध्यमहरुमा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको भनाइ उदृत गर्दै बैशाख २६ गतेदेखि विद्यार्थी भर्ना गर्ने समाचारहरु सार्वजनिक भएका थिए । ती समाचारहरु सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकहरु अन्योलमा परेका थिए ।

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६