लुम्बिनी

रहेनन् बामपन्थी योद्धा रायमाझी



अर्घाखाँची, २३ बैशाख । कम्युनिस्ट आन्दोलनका योद्धा तथा पुर्व शिक्षक  बुद्धि बहादुर रायमाझीको ६९ वर्षको उमेरमा निधन भएको छ । बामपन्थी नेता राययमझीको दुःखद निधनले अर्घाखाँची जिल्ला शोकमा डुबेको छ । अर्घाखाँचीले एक कुशल सामाजिक एवं शैक्षिक व्यक्तित्त्व तथा अभिभावक गुमाएको छ । अर्घाखाँचीको कम्युनिस्ट आन्दोलनका नेता,  नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका प्रभावशाली नेता तथा  श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीका  पुर्व शिक्षक  बुद्धि बहादुर रायमाझीको फोक्सोको क्यान्सरका कारण सोमबार अपरान्ह ३ बजे काठमाडौमा दुःखद निधन भएको थियो । उहाँको लामो समयदेखि काठमाडौमा उपचार चलिरहेको थियो।

         रायमाझीको निधन प्रति नेकपा अर्घाखाँचीले गहिरो दुख ब्यक्त गरेको छ । नेकपाका अध्यक्ष चेतनाराय आचार्य, सचिब ठाकुर कुमार बिकले उहाको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको भन्दै दुःख ब्यक्त गर्नु भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा १३ बर्ष जेल जीवन बिताउनु भएका पुर्ब शिक्षक बुद्धि बहादुर रायमाझीको लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । क्यान्सर भएपछि भारतमा लामो समय करिव १५ लाख रकम खर्चेर उपचार गरेपनी निको नभएपछि रायमाझीलाई नेपाल ल्याईएको थियो ।  काठमाडौंमा उपचार गराईरहेका रायमाझीको सोमबार दिउसो सभा तिन बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको थियो । रायमाझीको पार्थीक शरिरलाई काठमाडौंमा नै अन्तिम दाहासंस्कार गरिएको छ ।

        सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ संखेटारी निवासी रायमाझीको जन्म २००७ साल चैत्र १ गते  भएको थियो । रायमाझीले सन्धिखर्कको श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा लामो समय अध्यापन गर्नु भएको थियो । उहाँ चर्चित हर्रेबर्रे काण्डका एक अगुवा पनि हुनुहुन्थ्यो । तत्कालीन नेकपा एमाले केन्द्रिय स्कुल बिभाग सदस्य रहेका रायमाझी पछिल्लो समय  प्रगतिशिल लेखक संघ जिल्ला अध्यक्ष, जेष्ठ नागरिक जिल्ला अध्यक्ष लगायत धेरै संघ संस्थामा आवद्ध थिए ।

        लुम्बिनी अन्चल नेपाल कम्युनिस्ट पार्टीको निर्णय अनुसार २०३० साल फागुन २८ गते रायमाझी सहित अन्य कम्युनिस्ट नेताहरू अर्घाखाँचीको सिद्दारा बर्रे संघर्ष काण्डमा उत्रिएका थिए । त्यहि काण्डको बिषयलाई लिएर रायमाझीले १४ बर्ष आफ्नो जेल जिवन बिताउनु पर्यो । २२ बर्षको उमेरमा जेलमा परेका रायमाझीले जेल भित्रै अध्यन गरि स्नातक पास गरे । १४ बर्ष जेल छुटेर आएपछि रायमाझी अझ पार्टीको हितमा योग्य कर्मठ खम्बा भएर उभिए ।  रायमाझीले तत्कालीन शासकका बिरुद्द तथा जनताको न्याय मुक्ति एव लोकतन्त्र प्राप्तिको लागि राजनैतिक बन्दिको रुपमा १३ बर्ष जेल बस्नु भएको थियो ।  जेल बसाई कै क्रममा निरंकुशताको बिरुद्द सङठित हुँदै गर्दा कठोर मेहनेत गरेरे उच्च शिक्षा प्राप्त गर्नुभयो ।

        आफ्नो जिवनलाइ कम्युनिस्ट क्रान्तीलाई समर्पण गर्नुभएका रायमाझी अर्घाखाँची सन्धिखर्क निवासी इमान्दार बौदिक एव पुराना कर्मठ कम्युनिस्ट नेताको रुपमा समाज तथा आम पार्टी कार्यकर्ता बिच लोकपृय हुनुहुन्थ्यो । काठमाडौ स्थित नख्खु भद्र्गोल जेलमा रहदा बर्तमान प्रधानमन्त्री केपी ओली लगायतका उच्च नेताहरुसग सम्पर्कमा आउनुभएका रायमाझीले आफ्नो जिवनमा पार्टीको तर्फबाट न त कुनै लाभको पदमा रहनुभयो न त पार्टी पङ्तीको लागि कुनै सम्झौता पनि गर्नुभएन जसले गर्दा उहाँ स्वच्छ छबि भएका कम्युनिस्ट नेताको रुपमा हुनुहुन्थ्यो ।

            जिल्लामा अङ्ग्रेजी बिषयमा राम्रो दखल राख्ने अङ्ग्रेजी शिक्षकको रुपमा पनि उहाँ परिचित हुनुहुन्थ्यो । उहाँका अर्घाखाँचीमा कम्युनिस्ट पार्टीको स्थापना र बिकास तथा बर्रे संघर्ष र हाम्रा भोगाई नाम राजनैतिक कृति प्रकाशित छन् भने मुलधारका पत्रीकाहरुमा समसामयिक सामाग्री प्रकाशित हुँदै आएका थिए । स्व. रायमाझीका श्रीमती र १ छोरा २ छोरी छन् । 

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६