लुम्बिनी

चट्याङले घरमा आगलागी ,



दाङ २३ बैशाख । दाङको एक घरमा चट्याङ पर्दा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं ११ नारायणपुर निवासी  द्रोण केसीका घरमा आगलागी भएको हो । चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।  आगलागीपछि घरभित्र रहेका सबै बाहिर निस्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट करीब रु चार लाख बराबरको क्षति भएको छ । घरभित्र रहेका लत्ताकपडा, सामग्री र  खानेकुरा सबै जलेर नष्ट भएको प्रहरीले बताएको छ । अहिले पीडित केसीको परिवार स्थानीयवासीका घरमा बसिरहेको छ । 

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६