अर्घाखाँची, २५ बैशाख । अर्घाखाँचीको शीतगंगा नगरपालिका – १३ सिमलपानी, कृतिपुरमा चट्याङ लागेर एक जना युवा घाइते भएका छन् । विहीबार आज दिउँसो परेको चट्याङले कृतिपुर देउराली बस्ने १८ वर्षीय रमेश परियार घाइते हुनुभएको हो । परियारको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।
चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ ।
प्रतिक्रिया