लुम्बिनी

बाँकेमा कोरोना परीक्षण तीव्र



बाँके, २६ बैशाख ।  कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि बाँकेमा परीक्षण दायरा विस्तार गरिएको छ । कोरोना सङ्क्रमित क्षेत्र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ सँगै अन्य शङ्कास्पद क्षेत्रमा समेत परीक्षणलाई विस्तार गरी तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

            उहाँका अनुसार बिहीबारदेखि नेपालगञ्जको कोरोना सङ्क्रमित क्षेत्रसँगै अन्य शङ्कास्पद क्षेत्रमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न थालिएको हो । उक्त क्रममा बिहीबर बाँकेका थप ४८ जनाको स्वाब सङकलन गरिएको छ ।  कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रममा बिहीबार तीन स्थानबाट ४८ जनाको स्वाब सङ्कलन गरिएको हो ।

        नेपालगञ्जको बिपी चोक आसपासबाट ३०, खजुरा गाउँपालिका वडा नं ७ सोनपुरबाट १७ र क्यान्सर अस्पताल खजुराबाट एक जनाको स्वाब सङ्कलन गरिएको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो । यसअघि पहिलो सङ्क्रमित व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरेर नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का विभिन्न स्थानबाट ९४ जनाको स्वाब लिइएकामा एउटै टोलका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको हो ।

        हालसम्म कोरोना सङ्क्रमित क्षेत्र वडा नं ८ मा मात्रै पहिलो पटक ९४, दोस्रो पटक ५४ र तेस्रो पटक १३६ गरी २८४ जनाको स्वाब सङ्कलन गरिएको छ । पहिलो पटक सङ्कलन गरिएको ९४ मा २२ जना सङ्क्रमित भेटिए पनि दोस्रो पटक सङ्कलन गरिएको ५४ मा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । तेस्रो चरणमा सङ्कलन गरिएको १३६ स्वाबमध्ये बिहीबार आएको ३४ जनाको रिपोर्ट नेगेटिभ रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । एक सय दुई जनाको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको पिसिआर प्रयोगशालामा परीक्षणका क्रममा छ । (रासस)

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६