लुम्बिनी

बाँके आजदेखि ४ घण्टा मात्र खुला



बाँके, २६ बैशाख ।   बाँके जिल्ला प्रशासनले नेपालगञ्जमा तीन दिनदेखि जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको छ । निषेधाज्ञा हटाएसँगै नेपालगञ्जमा व्यापार व्यवसाय केही खुकुलो बनाइने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएका छ । प्रशासनले यही वैशाख २३ गतेदेखि २५ गते राति ११ बजेसम्मका लागि तीन दिन निषेधाज्ञा जारी गरेको थियो ।

            प्रशासनले आजदेखि अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर ननिस्कने तथा सवारी, अनुमति प्राप्त र अत्यावश्यक वस्तु तथा सेवामा प्रयोग हुनेबाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्ने निर्णय जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

            प्रशासनले यस अघि बन्द गरिएका कोरोना संक्रमित क्षेत्रमा निषेधित क्षेत्रको आदेश भने कायमै रहने जनाएको छ । नेपालगञ्जका रानीतलाउ, त्रिभुवनचोक र बिपी चोकमा रहेको सब्जीमण्डी अर्को निर्णय नभएसम्मका लागि बन्द रहने छ ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६