लुम्बिनी

हावा हुरीले छाना उडे २५ लाखको क्षति



अर्घाखाँची, २६ बैशाख ।  अर्घाखाँचीमा हावाहुरीले शीतगंगा नगरपालिकाका नौ घरका छानो उडाएको छ । त्यसबाट रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।  वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नौ जनाको घर र सात जनाको गोठको छानो उडाउँदा लाखौँको क्षति भएको छ ।

        हुरीले उडाएको छानाले दुई मोटरसाइकल तथा एउटा जिपमा समेत क्षति पुगेको छ । वडा नम्बर ८ मा केरा खेतीमा क्षति पुगेको छ । यस्तै वडा नम्बर १० मा केही घरगोठ हुरीले उडाएको छ । केही दिन यता वेमौषमी वर्षा, हावा हुरी र चट्याङले जिउ धनको क्षति पुर्याएको छ ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६