अर्थ-वाणिज्य

यातायात व्यवसायीद्वारा कोरोना कोषमा सहयोग



बुटवल, २६ बैशाख । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले कोरोना नियन्त्रण तथा रोकथामका लागि ३ लाख २ हजार आर्थिक सहयोग गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको समितिले रुपन्देहीको बुटवलस्थित धागो कारखानमा सञ्चालित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालका लागि २ लाख ५१ हजार र बुटवल वडा नम्बर ११ लाइ ५१ हजार आर्थिक सहयोग प्रदान  गरेको छ । 

        अस्थायी कोरोना विशेष अस्पतालको स्तरवृद्विका लागि र वडा नम्बर ११ मा राहत वितरणका लागि सहयोग गर्नेगरी आर्थिक सहयोग प्रदान गरिएको पश्चिमाञ्चल  यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले जानकारी गराउनु भयो । समितिको कार्यालयमा बिहीबार एक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष शूर्यबहादुर भट्टराइलाई समितिको तर्फबाट चेक प्रदान गरिएको हो ।

            त्यसैगरी वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलाई पनि सोही कार्यक्रममा समितिको तर्फबाट चेक प्रदान गरिएको हो । समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको आर्थिक सहयोग प्रदान कार्यक्रममा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, समितिका वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्की, महासचिव जीतबहादुर भाट, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी, कार्यालय सहायक प्रकाश गैरे, वरिष्ठ लेखापाल ऋषिराम भट्टराई, समितिका खगराज गौतम, लक्ष्मण गैर, गोपाल लम्साल लगायतको सहभागिता रहेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोरा महामारी रोकथाम तथानियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६