अन्तर्राष्ट्रिय

चार देखी आठ हजार असुल्दै नेपाल पठाउदै, लुकेर नेपाल छिर्नेलाई भारतीय एस.एस.बि.ले सघाउने गरेको खुलाशा



कपिलवस्तु २६ बैशाख लकडाउन हुदा भारतमा फसेका नेपाली कामदारहरुवाट चर्को रकम लिई नेपाल पठाउने गरेको खुलासा भएको छ । लकडाउनमा फसेका नेपालीलाई भारतिय ट्रक, टिप्पर र टाटा एस सवारी साधनमा ल्याएर नेपाली सिमा नजिक छोडने गरेका छन । उनीहरुले प्रति व्यक्ती ४ देखी ८ हजार सम्म भाडा लिने गरेका छन । पैसा सकिन लागे पछि वेखर्ची भएर वस्नु भन्दा आउदा फाईदा भएपछि नेपाल फर्किनेको लहर चलेको छ ।  

            लकडाउनको सुरुवाती अवस्थामा नेपाली श्रमिकहरु हिडेर आएका थिए । अहिले भारतिय टिप्पर देखी टाटा एस चढेर आउन लागेका छन । भारतको मुम्वई, पुणे, गुजरात, सुरत लगायतका ठाउवाट टिप्पर चढेर आउने गरेका छन । बुद्धभुमी ७ मानपुरका एक युवाले ८ हजार ( ५ हजार भारतिय रुपैया) तिरेर आएको वताए । (छोटा हात्ती ) टाटा एसमा पुणेवाट भारतको वस्ती भन्ने ठाउ ल्याई छाडेको उनले वताए । त्यहा सम्म आउदा ८ हजार तिरे । उनी संगै २२ जना उक्त गाडीमा सवार रहेको थिए । मुम्वईवाट आएका अर्का युवाले प्रति व्याक्ती २२ सय भारतिय रुपैया गाडी वालालाई दिएर आएको वताए । 

        यता वुद्धभुमी ८ चरीगवाका नन्द किशोर केवटले सुरतवाट वढनी आउदा ४ हजार नेपाली भाडा तिरेको वताउनु भयो । वढनी आएपछि एस.एस. वि.ले वजार देखी वाहिर लगेर छाड्दै  नेपाल छिर्न लगाएको वताए । कोटिया नाकाहुदै रातको समयमा छिरेको केवटले वताए । वाटोवाट आउदा भारतको प्रान्तको सिमामा केही वेर रोकेर राखेर पढाउने गरेको वताइएको छ । 

        कम्पनी वन्द हुदा काम नभएपछि त्यहा वस्नु भन्दा नेपाल आउदा ठिक हुने लागेर आएको वताए । सुरत पुगेको ६ दिन मै लकडाउन भएपछि घरबाट पैसा मागेर फर्किएको केवटले वताए । उनीहरु ५ /६ जनाको समुह वनाएर चोर वाटो नेपाल छिर्ने गरेका छन । बुद्धभुमीका लुकी छिपी आएका केही मानिसलाई गोरुसिंगे स्थित क्वारेन्टाईनमा राखीएको छ ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६