कपिलवस्तु २६ बैशाख ।लकडाउन हुदा भारतमा फसेका नेपाली कामदारहरुवाट चर्को रकम लिई नेपाल पठाउने गरेको खुलासा भएको छ । लकडाउनमा फसेका नेपालीलाई भारतिय ट्रक, टिप्पर र टाटा एस सवारी साधनमा ल्याएर नेपाली सिमा नजिक छोडने गरेका छन । उनीहरुले प्रति व्यक्ती ४ देखी ८ हजार सम्म भाडा लिने गरेका छन । पैसा सकिन लागे पछि वेखर्ची भएर वस्नु भन्दा आउदा फाईदा भएपछि नेपाल फर्किनेको लहर चलेको छ ।
लकडाउनको सुरुवाती अवस्थामा नेपाली श्रमिकहरु हिडेर आएका थिए । अहिले भारतिय टिप्पर देखी टाटा एस चढेर आउन लागेका छन । भारतको मुम्वई, पुणे, गुजरात, सुरत लगायतका ठाउवाट टिप्पर चढेर आउने गरेका छन । बुद्धभुमी ७ मानपुरका एक युवाले ८ हजार ( ५ हजार भारतिय रुपैया) तिरेर आएको वताए । (छोटा हात्ती ) टाटा एसमा पुणेवाट भारतको वस्ती भन्ने ठाउ ल्याई छाडेको उनले वताए । त्यहा सम्म आउदा ८ हजार तिरे । उनी संगै २२ जना उक्त गाडीमा सवार रहेको थिए । मुम्वईवाट आएका अर्का युवाले प्रति व्याक्ती २२ सय भारतिय रुपैया गाडी वालालाई दिएर आएको वताए ।
यता वुद्धभुमी ८ चरीगवाका नन्द किशोर केवटले सुरतवाट वढनी आउदा ४ हजार नेपाली भाडा तिरेको वताउनु भयो । वढनी आएपछि एस.एस. वि.ले वजार देखी वाहिर लगेर छाड्दै नेपाल छिर्न लगाएको वताए । कोटिया नाकाहुदै रातको समयमा छिरेको केवटले वताए । वाटोवाट आउदा भारतको प्रान्तको सिमामा केही वेर रोकेर राखेर पढाउने गरेको वताइएको छ ।
कम्पनी वन्द हुदा काम नभएपछि त्यहा वस्नु भन्दा नेपाल आउदा ठिक हुने लागेर आएको वताए । सुरत पुगेको ६ दिन मै लकडाउन भएपछि घरबाट पैसा मागेर फर्किएको केवटले वताए । उनीहरु ५ /६ जनाको समुह वनाएर चोर वाटो नेपाल छिर्ने गरेका छन । बुद्धभुमीका लुकी छिपी आएका केही मानिसलाई गोरुसिंगे स्थित क्वारेन्टाईनमा राखीएको छ ।
प्रतिक्रिया