लुम्बिनी

अर्घाखाँचीमा चट्याङ लागेर गाई फर्ममा क्षति



अर्घाखाँची, २८ वैशाख । सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । बिहान ४ बजेतिर परेको चट्याङले सन्धिखर्क वडा नं १० बेलटारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपक्षी पालन फर्ममा आगलागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताउनुभयो ।आगलागीमा परी एउटा जर्सी गाई मरेको छ । नौ जर्सी गाई आगाले पोलेर घाइते भएका छन् । घाइतेमध्ये चार गाईको अवस्था गम्भीर रहेको उपचारमा संलग्न पशु प्राविधिक प्रदीप आचार्यले बताउनुभयो । आगलागीबाट फर्ममा रहेका जेनेरेटर, कुटानी पिसानी मिललगायत यान्त्रिक सामग्रीसहित दानाको गोदाम, गाईभैँसीलाई खुवाउने पराल, खरलगायत फर्मका अन्य सामग्री जलेर नष्ट भएको फर्म सञ्चालक पाण्डेको भनाइ छ ।

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६