लुम्बिनी

यार्सागुम्बा संकलनमा रोक



रुकुम, २८ बैशाख ।  प्रत्येक वर्ष संकलन गरिँदै आएको यार्सागुम्बा सङ्कलनमा यस वर्ष रुकुम पूर्व मा रोक लगाइएको छ ।  यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सा संकलनमा रोक लगाउनुपरेको पुथाउत्तरगङ्गा गाउँपालिकाले जनाएको छ ।

            यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यार्सागुम्बाबाट एक याममा स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, पढाइलगायतका लागि आम्दानी गर्छन् ।  सङ्कलन याममा एक महिनासम्म बुकीमै बिताउने उनीहरुले प्रतिपरिवार यार्सा टिपेरै न्यूनतम रु ३० हजारदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेका थिए ।  भीडभाडमा कोरोना भाइरसको संक्रमणको जोखिम उच्च हुने कारण  यार्सा संकलनमा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो । जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सा सङ्कलन  यस वर्ष रोक्नका लागि दलीय संयन्त्र समितिले गाउँकार्यपालिकालाई यसअघि नै प्रस्ताव पेश गरेको थियो ।  गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा यार्सा पाइन्छ । 

 

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६