बागमती

नदीले बगाउँदा दुई जना बेपत्ता



गोरखाको गण्डकी गाउँपालिका–२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । माछा मार्ने क्रममा आज दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।बेपत्ता बालकको अहिले प्रहरी र स्थानीयवासीले खोजी कार्य गरिरहेको वडा नं १ वडा सदस्य मीनबहादुर सुनारले जानकारी दिनुभयो । बुबासँगै माछा मार्ने क्रममा चेपाङलाई एक्कासि नदीले बगाएको थियो । 

यता गोरखाको शहीद गाउँपालिका–३ भुवनीटार स्थित मस्र्याङ्दी नदीले बगाएको एक युवक बेपत्ता भएका छन् । बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका–१ घर भएका १९ वर्षीय कृष्णबहादुर पुनलाई पौडी खेल्ने क्रममा आज दिउँसो नदीले बगाएको हो ।  नदीले बगाएर बेपत्ता बनाएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६