स्वास्थ्य

क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक औषधि वितरण



प्युठान, ३१ वैशाख ।  क्वारेन्टाइनमा रहेका व्यक्तिलाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ ।  आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाका अनुसार ६७ स्थलका क्वारेन्टाइनमा रहेका ६०९ जनालाई औषधि दिइएको हो ।  प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयको वैशाख १५ गते सम्पन्न बैठकको निर्देशनानुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रण तथा व्यवस्थापन गर्ने सन्दर्भमा जारी गरिएको स्रोत सामग्री–२०७७ अन्तर्गत रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शिशिर पोख्रेलले जानकारी दिनुभयो । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङबाट प्राप्त र आयुर्वेद स्वास्थ्य केन्द्रले निर्माण गरेका अमला, गुण्डुची, यष्ठिमधु, निम, हर्रो, पाषणवेदलगायत चूर्ण क्वारेन्टाइनका व्यक्तिलाई वितरण गरिएको हो ।

                प्रशासन,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मनोविमर्श परामर्शकर्ता, योग प्रशिक्षण केन्द्रका प्रतिनिधिलगायतको  उपस्थितिमा अभिमुखीकरण गरी औषधि दिइएको हो । क्वारेन्टाइनमा रहेका सुत्केरीलाई सतावरी चूर्ण तथा दशमूल तेलका साथै  ज्येष्ठ नागरिकलाई अश्वगन्धा चूर्णसमेत प्रदान गरिएको छ । मल्लरानी गाउँपालिकाका ४९, झिमरुक गाउँपालिकाका ८७, गौमुखी गाउँपालिकाका ११४ , स्वर्गद्वारी नगरपालिकामा ७३ र माण्डवी गाउँपालिकाका ४९ जना क्वारेन्टाइन छन् । त्यसैगरी प्युठान नगरपालिकामा १५८, ऐरावती गाउँपालिकामा २६ र सरुमारानी गाउँपालिकामा १८ जनालाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि वितरण गरिएको छ । क्वारेन्टाइनमा रहेका चार  सुत्केरी र सात ज्येष्ठ नागरिकलाई पनि औैषधि वितरण गरिएको निमित्त प्रमुख पोख्रेलको भनाइ छ ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६