बागमती

कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुवैजना निको भए



चितवन ३१ बैशाख ।  कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुवैजना निको भएका छन् । चितवनमा ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा संक्रमित भएका थिए । यसअघि छोरो निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने बुधबार आमा पनि निको भएर घर गएकी छन् । चितवनमा यी दुईजना मात्रै संक्रमित भेटिएर भरतपुरको सरकारी अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए ।चितवन जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै चितवन कोरोनाबाट मुक्त भए पनि आवश्यक सावधानीहरू जारी नै राख्न जिल्लावासीलाई अपिल गरेको छ ।

            भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले संक्रमित महिलाको छैठौं र सातौं परीक्षणमा लगातार नेगेटिभ नतिजा आएको आधारमा उनलाई निको भएको ठहर गर्दै अस्पतालले बिदा गरेको जानकारी दिए ।यसअघि वैशाख १३ गते उनका छोरालाई संक्रमणपछि निको भएर अस्पतालले डिस्चार्ज गरेको थियो । गत चैत्र ३ गते बेलायतबाट काठमाडौं र चैत्र ५ गते चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरमा रहेको आफ्नो घर आएका यी दुई आमा छोरालाई कोराना संक्रमण भएको पुष्टि वैशाख ५ गते मात्रै भएको थियो । संक्रमितको निकट सम्पर्कमा आएका १० जनाको पनि स्वाब परीक्षण भएको थियो । उनीहरु कसैमा पनि संक्रमण भेटिएन ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६