स्वास्थ्य

संक्रमित नर्स बाहेक अरुलाई मात्र पठाइयो कोरोना अस्पत्ताल,हाईप्रोफाइल घरानालाई फरक ब्यवहार, तौलिहवावासी त्रसित


३१ बैशाख २०७७, बुधबार


तौलिहवा ३१ बैशाख ।कपिलवस्तुको कोरोना संक्रमित नर्सलाई उपचारको लागी अस्पताल नपुराउदा कपिलवस्तु सदरमुकाम तौलिहवामा त्रास फैलिएको छ । जिल्ला अस्पतालमा कार्यारत नर्सलाई मंगलवार कोरोना संक्रमण भएको पुष्टी भएको थियो । उनीसंगै कपिलवस्तु नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखीएको थियो ।

        संक्रमित मध्ये ७ जनालाई कोरोना अस्पताल बुटवल धागो कारखानामा पुराईएको छ । संक्रमित नर्सलाई जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । तौलिहवामा राखिदा सदरमुकाम वासीमा त्रसित भएका हुन । कोरोना संक्रमितका घरका सदस्य अझै पनि क्वारेन्टाईनमा वसेका छैनन । उनीहरु अहिले पनि वजारमा खुलेआम हिडेको पाईएको छ ।

श्रोतका अनुसार संक्रमित नर्स जिल्लाको हाई प्रोफाईल घरानाकी हुन । उनको परिवार सकृय राजनैतिक र सामाजिक पृष्ठभुमीमा जोडिएको छ । उनी आफ्नै घरवाट अस्पताल आवत जावत गर्ने गरेकी थिईन । कोरानाले कुन कस्तो वर्गको हो चिन्दैन । तर जुनसुकै बर्गको भएपनि राज्यले बनाएको नीति अनुसार चल्नु र उपचार गराउनु पर्छ । हाई प्रोफाईलको घरानाको वाहानामा राजयले तोकेका अस्पत्तालमा नजादा यसले तौलिहवावासीमा त्रास बढाउनु स्वभाविक हो । 

        संक्रमित नर्स  र उनको परिवारसंग सम्पर्कमा  आएकाहरु ससंकित भएका छन । उनको परिवारको सम्पर्क जिल्लाका समाजसेवी, राजनैतिक कर्मी , विभिन्न संघ संगठनमा समेत रहेको छ । उनका परिवारका सदस्यहरु राहत वाड्ने , सदरमुकाम तथा जिल्लामा भएका वैठकहरुमा सहभागी समेत भएको थिए । उनको परिवार संग प्रत्यक्ष सम्पर्कमा आएका सदरमुकामका पत्रकारहरु थप सजग वनेका छन । करिव आधा दर्जन पत्रकार अहिले सेल्फ क्वारेनटाईनमा वसेका छन । पत्रकारहरुले आफ्रनै कार्यालयलाई सेल्फ क्वारेन्टाईन वनाएको सामाजिक मिडियाहरुमा देख्न पाइन्छ । 

        यो समाचारमा उठाइएको विषय  समग्र तौलिहवावासीको भावनासंग जोडिएको छ । किनकी कोरोना संक्रमण पुष्टि भएपछि बेलायतका प्रधानमन्त्री अस्पत्तालमा भर्ना भएर लामो सयम उपचार गराएका थिए । त्यसैले संक्रमित नर्सपनि आइसियू र भेण्टीलेटर सहितको बुटवल स्थित कोरोना अस्पत्तालमा गएरै उपचार गराउनु पर्छ । तौलिहवा अस्पत्ताललाई राजयले कोरोना उपचारको अस्पत्तालको रुपमा मान्यता दिएको छैन।

        त्यसैले नर्सको स्वास्थ्य लाभकालागि र तौलिहवावासीमा  बढेको त्रास हटाउनकालागि समेत बुटवल नै पठाइनु पर्छ । यता अस्पत्तालका मेसु किशोर बन्जाडेको टेलिफोन संपर्क हुने सकेन । यता स्वास्थ्य कार्यलय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले नर्सलाई बुटवल नपठाइएको भन्ने मात्र थाहा छ भन्दै पुष्टि भएपछि नपठाउने कारण नै हुदैन तर डाक्टर साहवले किन पठाउनु भएन मैले भन्न मिल्दैन भन्नु भयो ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६