बागमती

दुई अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालन



रसुवा १ जेष्ठ ।  रसुवाका दुई अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हुनबाट जोगाउन धुन्चेमा रहेको रसुवा अस्पताल र जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा बुथ सञ्चालन ल्याइएको हो । नेपाल इन्जिनियरिङ एसोसिएसन वाग्मती प्रदेशले दुईवटा अस्पताललाई बुथ हस्तान्तरण गरेको हो । कोरोनाको शंकास्पद बिरामीको स्वाब कलेक्सनको लागि बुथ सञ्चालनमा ल्याइएको इन्जिनियर विकास भट्टले बताउनुभयो । 

        बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सर्नसक्ने जोखिम न्यूनीकरण गर्नका लागि बुथ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यसअघि स्वास्थ्यकर्मीले बिरामीलाई छोएरै स्वाब संकलन गर्दै आएका थिए । बुथ सञ्चालनमा आएसँगै स्वाब संकलन गर्दा बिरामी र स्वास्थ्यकर्मी बीच प्रत्यक्ष भेट नहुने भएको छ । यसले पछिका दिनमा अन्य सरुवा रोगको नमुना संकलन गर्दा समेत सहयोग पु¥याउने विश्वास लिइएको छ । बुथमा इनलेट अक्सिजन र आउटलेट अक्सिजनको व्यवस्था छ । जसबाट बुथभित्र रहने स्वास्थ्यकर्मीलाई पर्याप्त अक्सिजन प्राप्त हन्छ । 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६