अन्तर्राष्ट्रिय

कृष्णनगरमा भारतिय गाडीले कोरोना सारेको आशंका



कपिलवस्तु १ जेठ  कपिलवस्तुको कृष्णनगर नगरपालिकामा ८ जनामा कोरोना भेटिए पछी नगरपालिकामा त्रास छाएको छ । वुधवार ४ जना सुरक्षाकर्मी २ जना नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिए पछी जिल्ला भरी त्रास सिर्जना भएको थियो । कृष्णनगर भन्सार गेटमा खटिने टोलीमा कोरोना संक्रमण भए पछी भारतिय सवारी साधनबाट कोरोना संक्रमण भएका हुन सक्ने अनुमान गरीएको छ ।

     कृष्णनगरमा ८ जना मध्ये ४ जना भन्सारमा खटिएका सुरक्षा कर्मिलाई कोराना संक्रमण भएको छ । बाकी ४ जना महेन्द्र माविको क्वारेन्टाइनमा रहेका छन । भन्सारमा खटिएका मध्ये सिमा रहेको लिंक गेटका प्रहरी नायव निरीक्षक र हवल्दार, भन्सारमा खटिएका ससस्त्र प्रहरीका प्रहरी नायव निरिक्षक र राष्ट्रीय अनुसन्धानका कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना भएको पुष्टी भए पछी भारतिय भारतिय सवारी साधन नेपाल भित्रीदा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरीएको छ ।

अझै कन्ट्याक ट्रेसिंग भएको छैन । तर घटना हेर्दा भारतिय सवारी साधनवाट भएको अनुमान लगाउन सकिन्छ । कन्ट्याक ट्रेसिंग गर्ने टोली आएको छैन । उहाहरुलाई आउन आग्रह गर्दा पनी आउनु भएको छैन । सम्भवत शुक्रवार आउने कुरा भएको कृष्णनगर नगरपालिकाका स्वास्थय प्रमुख अनिल कुमार विश्वकर्माले वताउनु भयो । कृष्णनगर क्षेत्रमा कोरोनाको कारण तनाव र जिल्ला सिल हुदा पनी भारतिय सवारी साधन नेपाल प्रवेशको लागी वसेका छन । संक्रमण फैलिएको क्षेत्रवाट आयात रोकिनु पर्ने स्थानिय वासी वताउछन ।  

        भन्सार क्षेत्रमा खटिएकालाई संक्रमण देखिएको छ । अरुमा देखिएको छैन । लकडाउनको वेलामा भारतवाट दैनिक औषत रुपमा ५० मालवाहक ट्रक नेपाल भित्रीने गर्दथे । उक्त माल वाहक ट्रक देशका मुख्य मुख्य शहरमा जाने गरेको थियो । ति भारतिय मालवाहक गाडीका सहयोगी कर्मचारीहरुवाट कोरोना संक्रमण भएको हुन सक्ने एक अधिकारी वताउछन । यता कृष्णनगरबाट संचारकर्मी अंकुश कुमार श्रीवात्सवले पनी भारतिय सवारी साधनबाट पनी कोरोना संक्रमण फैलिएको हुन सक्ने अनुमान गरेका छन । तरकारी र फलफुल ल्याउने सवारी साधनमा चेक जाच गर्दा संक्रमण फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान गरीएको छ । 

        यता नगरप्रमुख रजत प्रताप शाहको अनुसार भारतिय सवारी साधन र चोरवाटोबाट नेपाल प्रवेश गर्ने श्रमिकवाट संक्रमण फैलीएको हुन सक्ने वताउनु हुन्छ । भन्सार क्षेत्रमा रहेका सुरक्षाकर्मी र क्वारेन्टाईनमा रहेका २ कर्मचारी र २ नागरीकमा कोरोना संक्रमण भएको छ । संक्रमित ४ जना सुरक्षाकर्मीलाई तौलिहवा अस्पतालमा लगिएको छ भने ४ जना अझैपनी कृष्णनगरमा रहेका छन ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६