लुम्बिनी

पाँच सय नेपालीलाई नेपालगञ्ज नाकाबाट नेपाल भित्र्याइयो



दाङ २ जेष्ठ । भारतको क्वारेन्टाइनमा रहेका करीब पाँच सय नेपालीलाई नेपालगञ्ज नाकाबाट नेपाल ल्याइएको छ । सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको छ । जमुनाहा ल्याएपछि उनीहरुको नाम र ठेगाना सोध्दै आरडिटी गरेर सम्बन्धित जिल्लामा पठाउने कार्य भएको छ ।स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाले सीमानाका जमुनाहमा पालबाट अस्थायी जाँच कक्ष तयार गरेको छ । यहाँका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीयलाई भारततर्फ पठाइएको छ ।नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस र कोहलपुरको श्रीराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका भारतीयलाई पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६