कपिलवस्तु २ जेठ। प्रदेश ५ सरकारले कपिलवस्तुका लागि १ हजार २ सय ७० भिटिएम कीट पिसिआरका लागि स्वावसंकलन गर्न पठाएपछि शुक्रवार ७ पत्रकार र १ सय ५ जना स्वास्थ्यकर्मीको थ्रोट स्वाव संकलन गरिएको स्वस्थ्य कार्यलय प्रमुख योगेन्द्र भगतले जानकारी दिनु भयो । जिल्लाका विभिन्न स्थानमा स्बाव संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य प्रयोगशाला पठाईएको हो । जिल्ला स्बास्थ्य कार्यालय कपिलवस्तुका अनुसार तौलिहवा अस्पतालमा १ सय १० , महाराजगंजमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्बाव संकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो ।
रिपोटिङका क्रममा जोखिममा परेका ७ जना पत्रकारले महाराजंग नगरपालिका– ८ सिसवा स्वास्थ्य चौकीमा पिसिआर टेस्टकालागि स्बाव दिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलारमा भुसालले बताउनु भयो । पत्रकार महासंघले जिल्ला स्बास्थ्य कार्यालय र प्रशासन कार्यालयलाई पिसिआर टेस्टकालागि माग गरेको थियो । राजमार्ग क्षेत्रका २, तौलिहवाका २ र कृष्णनगर क्षेत्रका ३ जनाको स्वाब संकलन गरिएको हो । यस्तै ४ दिन अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना सक्रमित भेटिए पछि शुक्रवार अस्पतालका सबै स्टाफ, प्रहरी, नर्सका परिवार गरी कुल १ सय ५ जनाको स्बाव संकलन गरिएको फोकलपर्सन थापाले बताउनु भयो । बिहीवार मात्र अस्पतालका मेसु र संक्रमित नर्स सहीत ७ जनाको स्वाब संकलन गरिएको थियो ।
यस्तै बिजयनर गाउपालिकाका क्वारेन्टाईनमा रहेका ५० जनाको समेत शुक्रवार स्बाव संकलन गरिएको छ । भारतको बिभिन्न शहरबाट फर्केर क्वारेन्टाईनमा ७ दिन बिताएकाहरुको स्बाव सकलन गरिएको हो । हाल सम्म कुल ९ सय ३४ जनाको स्बाव संकलन गरिएको छ । पुरानो ६ सय ६९ मध्ये अब २८ जनको मात्र रिपार्ट आउन बाकी छ । शुक्रवार साझ सम्म जिल्लामा ४० जना संक्रमति भेटिएका छन । जसमध्ये ३३ जना भारतका बिभिन्न शहरबाट फर्किएकाहरु हुन । यस्तै चार सुरक्षाकर्मी, एक नर्स, २ कर्मचारी र एक ६ बर्षिया बालिका छन
प्रतिक्रिया