ब्रेकिंग न्युज

सात संचारकर्मी र १०५ स्वास्थ्यकर्मीको स्वाव संकलन ,कपिलवस्तुमा १ हजार ३ सय कीट उपलब्ध



कपिलवस्तु २ जेठ प्रदेश ५ सरकारले कपिलवस्तुका लागि १ हजार २ सय ७० भिटिएम कीट पिसिआरका लागि स्वावसंकलन गर्न पठाएपछि  शुक्रवार ७ पत्रकार  र १ सय ५ जना स्वास्थ्यकर्मीको थ्रोट स्वाव  संकलन गरिएको स्वस्थ्य कार्यलय प्रमुख योगेन्द्र भगतले जानकारी दिनु भयो । जिल्लाका विभिन्न स्थानमा स्बाव संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य प्रयोगशाला पठाईएको हो । जिल्ला स्बास्थ्य कार्यालय कपिलवस्तुका अनुसार तौलिहवा अस्पतालमा १ सय १० , महाराजगंजमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्बाव संकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो  ।


         रिपोटिङका क्रममा जोखिममा परेका ७ जना पत्रकारले महाराजंग नगरपालिका– ८ सिसवा स्वास्थ्य चौकीमा पिसिआर टेस्टकालागि स्बाव दिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलारमा भुसालले बताउनु भयो  । पत्रकार महासंघले जिल्ला स्बास्थ्य कार्यालय र प्रशासन कार्यालयलाई पिसिआर टेस्टकालागि माग गरेको थियो । राजमार्ग क्षेत्रका २, तौलिहवाका २ र कृष्णनगर क्षेत्रका ३ जनाको स्वाब संकलन गरिएको हो । यस्तै ४ दिन अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना सक्रमित भेटिए पछि शुक्रवार अस्पतालका सबै  स्टाफ, प्रहरी, नर्सका परिवार गरी कुल १ सय ५ जनाको स्बाव संकलन गरिएको फोकलपर्सन थापाले बताउनु भयो  । बिहीवार मात्र अस्पतालका मेसु र संक्रमित नर्स सहीत ७ जनाको स्वाब संकलन गरिएको थियो ।

     यस्तै बिजयनर गाउपालिकाका क्वारेन्टाईनमा रहेका ५० जनाको समेत शुक्रवार स्बाव संकलन गरिएको छ । भारतको बिभिन्न शहरबाट फर्केर क्वारेन्टाईनमा ७ दिन बिताएकाहरुको स्बाव सकलन गरिएको हो । हाल सम्म कुल ९ सय ३४ जनाको स्बाव संकलन गरिएको छ  । पुरानो ६ सय ६९ मध्ये अब २८ जनको मात्र रिपार्ट आउन बाकी छ । शुक्रवार साझ सम्म जिल्लामा ४० जना संक्रमति भेटिएका छन । जसमध्ये ३३ जना भारतका बिभिन्न शहरबाट फर्किएकाहरु हुन । यस्तै चार सुरक्षाकर्मी, एक नर्स, २ कर्मचारी र एक ६ बर्षिया बालिका छन 


 

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६