बागमती

त्रिभुवन शिक्षण अस्पतालमै कोरोना संक्रमित बालिकाका आफन्तीका पीडा न चिकित्सक हेर्न आए, खानेपानीकै समस्या



कपिलवस्तु, ३ जेठ । गत वैशाख २७ गते कपिलवस्तुबाट दूधको ट्याङ्करमा काठमाडौंमा घाटीको उपचारको लागि गएकी कपिलवस्तु बाणगंगा–४ ठाकुरापुरकी ६ वर्षीय बालिकामा कोरोना पोजेटिभ देखियो । त्रिभुवन शिक्षण अस्पतालमा भर्ना भएकी बालिकाको बिहीबार कोरोना संक्रमण भएको पुष्टि भयो । बिहीबार पोजेटिभ रिपोर्ट आएपछि पनि उनलाई टिचिङ्ग अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेको छैन । बालिकालाई, चिकित्सक आएर बाहिरैबाट औषधी दिएर जाने गरेका छन् । संघीय राजधानी काठमाडौं स्थित त्रिभुवन शिक्षण अस्पतालले बालिकालाई कोरोना पोजेटिभ देखिई सकेपछि पनि बालिकाकी आमा र हजुर बुवालाई एउटै कोठामा राखेको छ । 

            बालिकाका हजुरबुवाले प्रेसपाटीसँग भन्नुभयो ‘नातिनीलाई कोरोना पोजेटिभ आएपछि हामीलाई एउटै कोठामा राखिएको छ, बालिकाको अवस्था सामान्य रहेको छ । हामी २ वटा विस्तारमा छौ, खानेपानीको जटिल समस्या छ । उहाँले भन्नुभयो बुहारीको र मेरो स्वाव संकलन भए पनि अहिलेसम्म रिपोर्ट आएको छैन । कोरोना भाइरसबाट संक्रमण भएकाहरुको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने भनिएको छ तर, आफूहरु खानेपानीले र एउटै बाथरुमले समस्यामा परेको उहाँले गुनासो गर्नुभयो ।’ एउटै कोठामा बसेपछि खाना भने दिइएको छ बालिकाका हजुरबुवाले मलिन स्वरमा भन्नुभयो । काठमाडौंमा बालिकालाई कोरोना पोजेटिभ आएपछि बालिकाको सम्पर्कमा आएका कपिलवस्तुका ८ जनालाई गजेहडा मा.वि.स्थित क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना पोजेटिभ देखिएकोले टिचिङ्गकै  चिकित्सकहरु पनि डरले नजिक नआएको हुन सक्छन् । बिरामीमा पर्ने मनोवैज्ञानिक र मानसिक असर जस्ता  समस्या समाधानका लागि संघीय राजधानी काठमाडौं स्थित टिचिङ्ग अस्पतालले समयमै सोच्नु पर्दछ । बालिकालाई कोरोना पोजेटिभ कहाँबाट कसरी भयो त्यसको पुष्टि भएको छैन त्यसको पुष्टितर्फ सरकार समयमै लाग्नुपर्ने कोरोना संक्रमितका आफन्तहरु बताउँछन् । टिचिङ्ग अस्पतालका ४९ जना स्वास्थ्यकर्मीहरुको स्वाव संकलन पछि रिपोर्ट नेगेटिभ आएको छ । तत्काल कपिलवस्तुकी बालिकाको जिल्लामा विशेषज्ञ टोली स्वाव संकलनका लागि पठाउन कपिलवस्तुवासीले माग गरेका छन् ।

            यो समाचार तयार पार्दासम्म देशभर २७६ जनामा कोरोना पोजेटिभ देखिएको छ । कपिलवस्तु जिल्लामा मात्र ४३ जना पोजेटिभ फेला परेका छन् । कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेका प्रभाव न्यूनिकरण गर्नका लागि बजेट केन्द्रित हुनुपर्ने तर त्यस्तो नभएको विपक्षीहरुले आरोप लगाएका छन् । विश्व नै ऐतिहासिक रूपमा संकटसँग जुधिरहेको छ । यो संकटलाई सामना गर्ने गरी बजेटको व्यवस्थापन गरिनु पर्दछ । कोरोनाको प्रभावले बरोजगारी बढ्ने, गरिवीको संख्यामा वृद्धि हुने, वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्किने, आपूर्ति न्यून हुने, महङ्गी बढ्ने, रेमिट्यान्स घट्ने, वैदेशिक मुद्राको सञ्चितीमा कमी हुने लगायतका समस्याहरु हुने भएकाले त्यसतर्फ सरकारको ध्यान समयमै जानु जरुरी छ । 

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६