अर्थ-वाणिज्य

बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गन स्वास्थ्य मन्त्री पुनको दावि




सिद्धार्थनगर ९ वैशाख । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका आवश्यक निगरानी गर्ने उल्लेख गर्नुभयो । कार्यभार सम्हालेपछि पहिलो पटक उहाँ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भइरहेका कार्यप्रगति बारे बुझ्न आइतबार स्थलगत अवलोकनमा पुग्नुभएको हो । अस्पतालको निर्माण स्थल तथा अस्पतालमा हाल सञ्चालनमा रहेका सेवाहरुको अवलोकन गर्दै उहाँले यस क्षेत्रलाई स्वास्थ्यको हब बनाउने दाबी गर्नुभएको हो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबाट गुनासा तथा सुझाब माग गरेपछि सम्बोधन गर्नुहुँदै मन्त्री पुनले अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन तथा उपकरण व्यवस्थापनमा मन्त्रालयले सहयोगको प्रतिबद्धता जनाउनुभयो । यसैगरी सेवा प्रदान गर्ने विषयमा चिकित्सक तथा कर्मचारीले राम्रो गरेमा सम्मान गर्ने र गलत गरेमा निगरानी तथा कारबाहीको चेतावनी समेत दिनुभयो । अस्पतालमा मुख्यमन्त्री पुनलाई माला लगाएर स्वागत गर्दै मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयले सहयोगको अपेक्षा गर्नुभयो । जनशक्ति, उपकरण तथा स्रोत साधनको तुलनामा ठुलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नुपर्ने भएकाले जनताबाट गुनासाहरु सुनिरहनुपर्ने बाध्यता रहेको डा. थापाले गुनासो गर्नुभयो । अस्पतालमा निरीक्षणमा लुम्बिनी प्रदेश सामाजिक बिकास समितिका सभापति ओमबहादुर नेपालीको समेत सहभागिता थियो ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६