प्रदेश

एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी



बुटवल, २० वैशाख ।

नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी भएका छन् । १० औं अधिवेशनबाट दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानलाई पराजित गर्दै अधिकारीको प्यानल विजयी भएको हो ।


अधिकारी प्यानलाई एमाले उपाध्यक्ष पौडेल, पोलिटव्यूरो सदस्य तथा पूर्व मुख्यमन्त्री एंव जिल्ला इन्चार्ज लिला गरी तथा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलको पनि साथ थियो । श्रेष्ठलाई महासचिव शंकर पोखरेलले साथ दिएका थिए । जिल्ला अधिवेशनका लागि महासचिव पोखरेल नै प्रमुख अतिथि भएर बर्दिया पुगेका थिए । अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत मात्र ल्याउन सके । त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका साथ विजयी भएका छन् ।


उनका प्रतिष्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए । सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन । उनका प्रतिष्पर्धी नैनबहादुर खत्री १६८ मत मात्र ल्याउन सके । उपसचिवमा लहनु थारु १७८ मतका साथ विजयी भएका छन । उनका प्रतिष्पर्धी जीवन शाहीले १६८ मत मात्र ल्याउन सके । त्यस्तै अर्का उपसचिवमा संगीता थारु १८८ मतका साथ विजयी भएकी छिन । थारुका प्रतिष्पर्धी मन्जु शर्माले १५० मत मात्र ल्याइन् ।


यद्यपि यसलाई निर्वाचन समितिले घोषणा गरेको छैन । नयाँ नेतृत्वका लागि बुधबार बिहानै उम्मेदवारी दर्ताको सबै काम भएपनि बुधबार रातभर लगाएर मतदान भएको थियो । बिहान ६ बजे मात्र मतदान सकिएको हो ।
नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनेर निर्वाचनमा गएका थिए।


श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री, उपसचिव लहनु थारू, मन्जु शर्माले उम्मेदवारी दिएकोमा एकजना उपसचिव लहनु थारु मात्रै विजयी भए । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य डा हरिप्रसाद भण्डारीका अनुसार अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६१ जनाले मतदान गरेका थिए । अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने पोलिटब्युरो सदस्य तथा बर्दिया इन्चार्ज एवम् अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष लिला गिरीले जानकारी दिए । यसअघि रुकुम पुर्वको अध्यक्षमा टोपबहादुर वली सर्वसम्मत र रोल्पाको अध्यक्षमा बालाराम बुढा निर्वाचित भएका थिए । वली पनि उपाध्यक्ष पौडेल निकट हुन् ।

प्रकाशित : २० बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६