लुम्बिनी

भेरी अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन



नेपालगञ्ज ४ जेष्ठ ।  नेपालगञ्जस्थित भेरी अस्पतालमा बहिरङ्ग सेवा आंशिकरुपमा सञ्चालनमा आएको छ । कोभिड–१९  सङक्रमण रोकथाम तथा नियन्त्रणको केन्द्र बनेको भेरीमा झण्डै दुई महिनापछि सो सेवा सञ्चालनमा आएको हो । अस्पतालद्वारा जारी सूचनानुसार अन्य आकस्मिक सेवाबाहेक बहिरङ्ग सेवा आंशिकरुपमा सञ्चालनमा आएको छ । आकष्मिक, ज्वरो क्लिनिक, प्रसूति सेवा तथा अन्य आकस्मिक सेवाबाहेक अन्य नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको हो । दैनिक सयौंँ बिरामीको सेवा गर्दै आएको भेरीमा सञ्चालनमा आएको बहिरङ्ग सेवा शुरुमा ४० जनालाई मात्र  दिन लागिएको सूचनामा उल्लेख छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार हाल प्रत्येक ओपिडीमा प्रतिदिन नयाँ ३० र फलोअपका १०  नबढ्ने गरी सेवा प्रवाह गरिनेछ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्दै सेवा प्रवाहित गर्नुपरेकाले आवश्यक सतर्कतासहित आंशिक सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो । भीडभाड कम गर्न विशेष सतर्कता अपनाइएको मेसु डा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सेवा पनि विस्तार  गर्दै लैजाने योजना  छ । टिकट काट्न घण्टौंँ काउन्टरमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न इ–टिकेटिङ्ग सेवा शुरु गर्न लागिएको  अस्पतालका वरिष्ठ चिकित्सक डा बद्री चापागाईंले जानकारी दिनुभयो । 

भारतीयसहित क्वारेन्टाइन बस्ने बढ्दै

                   लुम्बिनी– रुपन्देहीका विभिन्न पालिकामा निर्माण भएका ६१ क्वारेन्टिनमा अहिलेसम्म ८८  भारतीयसहित दुई हजार ६५२ जना छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले ती क्वारेन्टिनमा सरकारी मापदण्डानुसार विदेशबाट आएका तथा कोरोना पोजिटिभको सम्पर्कमा आएकाहरुलाई राखिएको हो । जिल्लाको नीमा प्रतिमान कलेज भैरहवाको क्वारेन्टिनमा ८८ भारतीय  छन् भने बाँकी ६० क्वारेन्टाइनमा नेपाली छन् ।  

       भारतबाट फर्किएका प्रवासीको कारण जिल्लाका सबै क्वारेन्टिन भरिने निश्चित देखिएको छ । रुपन्देहीका टोलटोलमा क्वारेन्टाइन बनाउनुपर्ने देखिन्छ । यसै हप्ता मात्रै बेलहिया नाकाबाट आएका  एक हजार २०९ प्रवासीलाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।

             रुपन्देहीमा अहिलेसम्म स्वाब परीक्षण ६६९ जनाको भएको छ । तीमध्ये ५९२ को परिणाम आएकामा २८ जनामा पोजेटिभ देखिएको छ । जिल्लामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पाताल र भैरहवाको भीम अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा  ५८ जनाको उपचार भइरहेको छ । त्यसमध्ये मर्चवारको पहिलो सङ्क्रमित  एक जना पूर्ण रुपमा निको भएर फर्किसकेका छन् ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६