लुम्बिनी

लकडाउनका बीचमै ‘कान्तिताल’ को निर्माण शुरु



नेपालगञ्ज ६ जेष्ठ । लकडाउनका बीचमै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ का बीच अवस्थित ‘कान्तिताल’ को निर्माण शुरु गरिएको छ ।  ताललाई पर्यटकीय स्थलका रुपमा निर्माण गर्न  उपमहानगरपालिकाको झण्डै रु १० करोड बजेटमा एक वर्षमा काम सक्ने गरी निर्माण शुरु गरिएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँका अनुसार ताल निर्माणका लागि अहिले दैनिक ९० जनाभन्दा बढी श्रमिकले काम गरिरहेका छन् । ‘पुरैना ताल’ नेपालगञ्जको धम्बोझीचोकदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्छ । करीब २५ बिघा क्षेत्रफल रहेको ताल वडा नम्बर २२ पुरैनीमा १७ र वडा नम्बर २१ पुरैनामा आठ बिघा क्षेत्रफलमा पैmलिएको छ । 

           पहिलो चरणमा रु १० करोडको ठेक्काबाट निर्माण शुरु गरिएको कान्तितालले राम्रो पर्यटकीय सम्भावना बोकेको नगर प्रमुख डा र राणाको भनाइ छ । पुरैनी ताल क्षेत्रमा अहिले सडक, सतही नाला, बिजुलीबत्ती, पूmलबारीलगायत पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । सो प्राकृतिक ताललाई पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । विसं २०३९ देखि २०७२ सम्म ताल माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले उपमहानगरपालिकाले पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएको हो । ‘२०३९ साल अगाडि ताल क्षेत्र हात्तीको बासस्थानका रुपमा थियो, ताल क्षेत्रमा विभिन्न थरीका चराचुरुङ्गी आउने गर्दथे, घाँसैघाँसलाई तालमा ढाकेको थियो’, तालको विगत सम्झँदै वडा नम्बर २२ का वडाध्यक्ष विद्याराम बर्मा भन्नुहुन्छ, ‘अहिले पर्यटकीय गन्तव्यका रुपमा ताल निर्माण हुन थालेपछि यसले वडाको सौन्दर्य पनि पक्कै बढाउने छ ।’

            यसैबीच लकडाउनका आधारभूत मापदण्ड पालना गरी सौन्दर्य अभिवृद्धि गरिएको नेपालगञ्जस्थित वाटरपार्कलाई ठेक्कामा सञ्चालन गर्न दिने तयारी गरिएको छ । लकडाउन सकिएपछि ठेक्कामा दिने प्रक्रिया अघि बढ्ने जनाइएको छ । केही दिनअघि  उपमहानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरेअनुसार वाटरपार्कमा दैनिक ५० जनाभन्दा बढी श्रमिक खटाएर पार्कको सौन्दर्य अभिवृद्धिको काम सकिएको थियो ।  उपमहानगरपालिकाका प्रवक्ता रिजालका अनुसार वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार र पौडी पोखरीका रुपमा विस्तार गरिएको छ  । उद्यानमा आकर्षक र मनमोहक पूmलबारी, बालोद्यान, व्यापारिक प्रयोजनका पसलकोठालगायत संरचना निर्माण गरिएका छन् । 

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६