लुम्बिनी

राप्ती प्रतिष्ठानमा बहिरंग सेवा बन्द



दाङ, ६ जेठ ।  दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग तथा अन्तरंग सेवा बन्द भएको छ ।  अस्पताल प्रशासनले सूचना निकालेर स्वास्थ्य समस्या देखिएमा उपचारका लागि अन्य स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ । प्रदेश नं ५ कोरोनाको उच्च जोखिममा रहेको भन्दै प्रतिष्ठानका सेवा बन्द गरी कोरोना संक्रमितलाई मात्रै भर्ना गरेर उपचार गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका कायममुकायम कैलाशप्रसाद देवले बताउनुभयो । 

            कोरोना संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार आजदेखि बहिरंग सेवा बन्द गरिएको उहाँको भनाइ छ । प्रतिष्ठानअन्तर्गत रहेका सम्पूर्ण अस्पतालले मन्त्रालयमा पेश गरेबमोजिम छुट्याएका आइसोलेशन बेड  र जनशक्ति तयारी अवस्थामा राखेर उपचार गर्ने व्यवस्था मिलाउनसमेत  अनुरोध गरिएको छ । 

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६