लुम्बिनी

प्रदेशसभा सदस्यद्वारा रु ९० हजार सहयोग



तानसेन, ७ जेठ । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य युवराज खनालले पाल्पाका तीन स्थानीय तहलाई रु ३१–३१ हजार सहयोग प्रदान गर्नुभएको छ ।  सदस्य खनालले विपन्न वर्गका लागि रामपुर नगरपालिका तथा निस्दी र पूर्वखोला गाउँपालिकाले स्थापना गरेका विपद् व्यवस्थापन कोषमा रकम सहयोग गर्नुभएको हो ।  रामपुर नगरपालिकामा मङ्गलबार चेक हस्तान्तरण गर्दै उहाँले कोरोना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा समस्यामा परेका वर्गलाई राहतस्वरुप सहयोग गरिएको बताउनुभयो । उहाँले राहत कोषको सदुपयोग गर्न रामपुर नगरपाालिकाका प्रमुख रमणबहादुर थापालाई अनुरोध गर्दै प्रदेश सरकार कोरोना भाइरस संक्रमण फैलिन नदिन स्थानीय तहसँग हातेपालो गरेर अगाडि बढेको स्पष्ट पार्नुभयो । दुई गाउँपालिकामा भने रकम आज हस्तान्तरण गरिएको छ । 

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६