लुम्बिनी

कपिलवस्तुमा सर्पले डसेर मृत्यु



कपिलवस्तु, ७ जेठ ।  कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको हो । 

            स्थानीयका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भएको हो । राति करीब १२ बजे सर्पदंश भए पनि  बिहान मात्र उपचारका लागि  गोरुसिंगेस्थित नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा पु¥याउँदा उनको बोटोमै निधन भएको हो ।

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६