लुम्बिनी

सैनामैनाले नगरभित्रका संचारकर्मीको बिमा गरिदिने



बुटवल, ८ जेठ । रुपन्देहीको सैनामैना नगरपालिकाले नगरमा रहेका संचारकर्मीहरुको कोरोना बीमा गरिदिने भएको छ । नगर कार्यपालिका तथा विपद् व्यवस्थापन समितिको बैठकले नगरमा रहेर काम गर्ने संचारकर्मीहरुका लागि एक एक लाखको बीमा गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन, प्रशारण र प्रकाशन गरिरहेका संचारकर्मीहरुका लागि एक एक लाखको बीमा गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो । 

            विपत्तिको समयमा खटिरहेका संचारकर्मीहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उद्देश्यले यो निर्णय गरेको र बीमाको लागि लाग्ने शुल्क नगरपालिकाले तिर्ने उहाँले वताउनु भयो । उता पाल्पाको बगनासकाली पत्रकार समूहले पाल्पाका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ । बगनासकाली गाउँपालिकाको सहयोगमा पत्रकार समूहले जिल्लाका २५ जना पत्रकारहरुलाई केएन ९५ मास्क, स्यानेटाइजर र ग्लोब्स बितरण गरेको छ ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६