लुम्बिनी

अर्घाखाँची कोरोनाको उच्च जोखिममा, भारतबाट आएका स्थानिय सेल्फ क्वारेन्टाईनमा



 अर्घाखाँची  ९ जेष्ठ । भारतीय सीमानाका सुनौली, कृष्णनगर लगायतबाट अर्घाखाँची जिल्ला प्रवेश गर्नेको भिड लागेको छ । भारतमा लकडाउन खोकुलो भए लगतै नेपाल फर्कने अर्घाखाँचीबासीको संख्या बढेको हो।जिल्लाका शितगंगा नगरपालिकामा ३ दिनमा ८० जना बढी आएका छन् । यस्तै सन्धिखर्क नगरपालिका ३५ जना बढी, भूमिकास्थान नगरपालिका, छत्रदेव, मालारानी र पाणिनी गाउँपालिकामा निरन्तर आउने क्रम जारी छ । ।  बस, जीप, ट्रक टिप्परबाट आउनुका साथै पैदल हिंडेर आउनेको पनि संख्या बढेको छ । जिल्लामा दिनको समयमा मात्र नभएर रातमा भित्रिने संख्या अधिक छ । यस्तै कयौ वार्डमा त क्वारेन्टाइनमा नराखेर सिधा घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने गरी गाउँमा पठाइएको छ ।

        कयौ पैदल आई सिधा आफ्नो घरमा गएका छन् । अधिकांशको स्वास्थ्य जाँच गरिएको छैन भने सामाजिक दूरी पनि कायम गरिएको छैन । जिल्लाको शितगंगा नगरपालिकामा ४ ठाडाको  जोगिनीकोटमा  भारतबाट आएका मानिसहरुलाई जानकारी र सावधानी बिना क्वारेन्टाइनमा नराखी गाँउमा राखेको भन्दै स्थानिय आक्रोशित भएका छन् । भारतबाट आउनेहरुलाई नगर प्रमुखले पटक पटक सावधानी बिनानै राखेकोले जोखिम बढेको भन्दै स्थानिय आक्रोशित भएका हुन् । रातिमा आउनेहरुलाई नगर प्रमुखले क्वारेन्टाइनमा नराखी खुल्ला गाँउमा राख्ने र उनिहरुको निग्रानी नहुने भएकोले उनिहरु गाँउमा समेत निस्कने गरेकोले अब यस्ता ब्यतिहरु गाँउमा नराखी क्वारेन्टाइनमा राख्न गाउँलेहरुले अनुरोध गरेका छन । 

               शितगंगा नगरपालिका वार्ड नं। १ सुवर्णखालमा भारतबाट २५ जना भित्रिएका छन् । सुवर्णखालमा भारतको हरियाणा र दिल्लीबाट बिहीवार २५ जना आएका हुन् । उनिहरुलाई कृष्णनगर नाकाबाट टिप्परमा हालेर ल्याइएको थियो । शितगंगा नगरपालिका २ सितापुरमा निपानेका ३ जना झिर्‍राका ४ जना बिहीवार राती भित्रिएका गरी ११ जनालाई सरस्वती मा।बिको क्वारेन्टाइनमा राखिएको छ ।यस्तै जिल्लाभरका सबै नाकाबाट जिल्ला दैनिक प्रवेश गर्ने संख्या यकिन हुन सकेको छैन् । तर पनि बिहीवार राती १० बजे अगाडि जिल्लामा ६५० जना बढी भित्रिएका छन् ।यस्तै भारतबाट नेपाल नेपाली ल्याउने समुह पनि सक्रिय भएको छ । उनिहरुले दोब्बर भाडामा मानिसहरु ओसारेका छन् ।  

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६