लुम्बिनी

कोरोना संक्रमितको गाउँ सिल



परासी, ९ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कोरोना संक्रमित पाइएपछि संक्रमितको गाउँ सिल गरिएको छ । नगर क्षेत्रमा सर्वसाधारणको आवतजावतमा कडाई गरिएको छ । संक्रमितका ४ जना परिवारलाई क्वारेन्टाइनमा पठाइएको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । शुक्रबार नगरपालिकाको वडा नं. ३ घोडपालीकाका ३३ वर्षीया पुरुष, वडा नं. १८ पम्फापुरकी १५ वर्षीया किशोरी र सुस्ता गाउँपालिका–५ का ३५ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको थियो । शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वडा नं. १८ की किशोरीको गाउँ पम्फापुर र नजिकैको अर्को गाउँ कोटिहवा डाँडालाई सिल गर्ने निर्णय गरेको हो ।

            भारतको राजापुरमा आफन्तको घरबाट फर्केकी किशोरी क्वारेन्टाइनमा नगई आफ्नो घर गएकी थिइन् । वडा नं. ३ मा देखिएका संक्रमित सोझै क्वारेन्टाइनमा गएकाले उनको टोललाई भने सिल गरिएको छैन । त्यसैगरी सुस्ता गाउँपालिकामा देखापरेका संक्रमित पनि सोझै क्वारेन्टाइनमा पुगेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो । संक्रमित देखिएपछि सुस्ता गाउँपालिका र रामग्राम नगर क्षेत्रका सर्वसाधारणलाई ७ दिनसम्म घर बाहिर निस्कन पूर्ण बन्देज लगाइएको छ । यसअघि खुलेका बैंक तथा वित्तिय संस्था एक हप्ताका लागि बन्द गरिएको छ ।

             औषधि, खाद्यन्नलगायत अत्यावश्यक सवारीसाधन बाहेकलाई सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय गौरवका आयोजना र कृषि काम भने सुचारु हुने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनु भयो । जिल्लामा संक्रमितको संख्या ५ पुगेको छ । उता जिल्लामा देखिएका ३ संक्रमितमध्ये १ जनालाई आइसोलेसनमा पठाइएको छ । अन्य २ जना क्वारेन्टाइनमै छन् । सुस्ता गाउँपालिकाका संक्रमितलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा पठाइएको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । 

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६